महोत्सव परिसरभित्रै बालिकामाथि दुव्र्यवहार,स्टलव्यापारी आन्दोलित

Posted on: 02 Feb, 2017

पर्वत । पाँचौ पर्वत महोत्सवमा १४ बर्षिया बालिकामाथि दुव्र्यवहार भएको भन्दै स्टलव्यापारी आन्दोलित बनेका छन् । यता व्यापार नभएको चिन्ता उता मध्यरातमा स्टलमा सुतिरहेका महिला तथा बालिकामाथि दुव्र्यवहार भएपछि स्टल व्यापारी आन्दोलित बनेका हुन् ।


महोत्सव परिसरको सुरक्षाको लागि खटिएका प्रहरी जवानले १४ बर्षिया बालिकामाथि अनुचित हर्कत गरेपछि उनी रुदै आफन्तसँग पुगेथिइन ।  उनको चिच्चाहवट आवाजले जम्मा भएका स्टल व्यापारीले प्रहरीलाई कारवाहीको माग गर्दै आन्दोलनमा उत्रिएका थिए ।


महोत्सवको आठौ दिन राती एकाएक स्टलमा तोडफोड सहित बालिकामाथि दुव्यवहार भएको भन्दै स्टल व्यापारी स्टलनै बन्द गरी आन्दोलित बनेका हुन् ।  उनीहरुले सुरक्षाका लागि खटिएका प्रहरीबाटनै दुव्र्यवहार भएको बताएका छन् । एक महिलाले भनिन् प्रहरी हाम्रो सुरक्षाको लागि राखिएको होकि हाम्रा चेलीबेटीमाथि दुव्र्यवहार गर्नको लागि राखिएको हो । व्यापार छैन हामी घाटामा गएका छौं त्यसमाथि हाम्रा चेलीमाथि दुव्र्यवहार भन्दै उनले आक्रोश व्यक्त गरिन् ।


बालिकामाथि अनुचित हर्कत गर्ने प्रहरी जवानलाई थुनामा राखिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक शेखर खनालले बताए । उनले उक्त घटनाबारे अनुसन्धान भैराखेको बताए । ट्यूटिको समयमा आरोपित प्रहरी जवानले मादक पदार्थ सेवन गरेको मेडिकल रिपोर्टमा प्रमाणित भएको र दुव्र्यवहारको बारेमा भने अनुसन्धान भैराखेको भन्दै खनालले सिपाहीको नाम भने खुलाउन चाहेनन् ।  तर उनले सिपाहीलाई थुनामा राखी अनुसन्धान भैराखेको र दुव्र्यवहार प्रमाणित भए विभागीय कारवाही गर्ने बताए । महोत्सवमा बालिकामाथि दुव्र्यहबार भएपछि महोत्सवमा दर्शकको चाप पातलो हुदै गएको छ । महोत्सव यहि माघ २२ गते  सकिनेछ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!