पोखरा रंगशालाबाट हट्यो ड्राईभिङ ट्रेनिङ सेन्टर

Posted on: 02 Feb, 2017

माघ २०, पोखरा

पोखरा रंगशाला भित्र रहेको गाडी सिक्ने थलो बिहीबारदेखि हटाइएको छ । रंगशालाको जमिन जिल्ला खेलकुद विकास समितिसँग भाडामा लिएर लामो समय देखि ड्राईभिङ ट्रेनिङ सेन्टरको रुपमा प्रयोग हुदै आएको थियो ।

बिहीबार सवारी प्रशिक्षणका लागि बनाइएका सम्पूर्ण संरचना डोजर लगाएर भत्काइएको क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले बताए । रंगशाला खेलका लागि हो भन्ने मान्यतालाई स्थापित गर्न भत्काएको उनले बताए ।

ड्राईभिङले धुलो उडाउने भएपछि सबै भन्दा बढि टेनिस खेल्ने खेलाडीलाई मर्का परेको थियो । ड्राईभिङ स्कुल संघ गण्डकीले जिल्ला खेलकुद विकास समितिसँग सम्झौता गरी मासिक करिब ५० हजार भाडा तिरेर सो स्थानलाई ड्राईभिङ ट्रेनिङ सेन्टरको रुपमा प्रयोग गर्दै आएको थियो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!