पोखरामा बिहीबार प्याराग्लाइडिङ दुर्घटना, एक घाइते

Posted on: 02 Feb, 2017

पोखरा २०, माघ । पोखरामा बिहीबार प्याराग्लाइडिङ दुर्घटनामा परि एक सोलो पाइलट घाइते भएका छन् ।

सराङकोटबाट उडेर फेवाताल किनाराको खहेरमा अवतरण गर्ने क्रममा फिनल्याण्डका नागरिक ४५ बर्षीय टिमो तापियो रिसानेन घाइते भएका हुन् । घाइते उनको टाउको र खुट्टामा चोक लागेको प्रहरीले जानकारी दिएको छ ।

उनलाई तत्काल उद्धार गरी उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौं लगिएको  छ । अवतरणको क्रममा सन्तुलन गुमाए पछि दुर्घटनामा परेको प्रहरीले जनाएको छ 


यस बिषयमा तपाइको प्रतिक्रिया...!