मोरङमा पानीमा डुबेर एकको मृत्यु

Posted on: 03 Feb, 2017

माघ २१, मोरङ । मोरङको पथरी– शनिश्चरेमा पानीमा डुबेर आज एक वृद्धको मृत्यु भएको छ । 

मृत्यु हुनेमा पथरी–शनिश्चरे नगरपालिका–२ बस्ने ६२ वर्षीय शेरहाङध्वज लिम्बू रहेको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक राजन कार्कीले जानकारी दिनुभयो । 

लिम्बूको शव घर नजिकै रहेको खोल्साको पानीमा डुबेको अवस्थामा भेटिएको हो । घटनाबारे अनुसन्धान गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!