रेल्वे लाइन विस्तार गर्ने क्रममा करेन्ट लागेर दुईको मृत्यु

Posted on: 05 Feb, 2017

माघ २३, उर्लाबारी (मोरङ) | बुधनगर–३ मा रेल्वे लाइनमा विद्युत् विस्तारका क्रममा करेन्ट लागेर शनिबार साँझ दुई जनाको मृत्यु भएको छ । 

रेल्वे लाइन विस्तारका क्रममा क्रेनमा चढेर बिजुलीको खम्बा सार्ने क्रममा करेन्ट लागेर सुनसरी छिटाहा–९ का २६ वर्षीय रामनारायण मण्डल र सुनसरीकै चिमडी–८ का २२ वर्षीय राजेश सरदारको मृत्यु भएको हो । 

विराटनगर–४ का सिन्टु कोइरालाले चलाएको क्रेनमा चढेर बिजुलीको खम्बा सार्ने क्रममा चार मजदुर घाइते भएका थिए । घाइतेमध्ये मण्डल र सरदारको विराटनगरस्थित कोसी अञ्चल अस्पतालमा उपचारका क्रममा साँझ मृत्यु भएको हो । घाइते छिटाहा–९ का ३२ वर्षीय रामु मण्डल र २४ वर्षीय काशी ठाकुरको कोसी अञ्चल अस्पतालमै उपचार भइरहेको छ । 

क्रेन र त्यसका चालकलाई नियन्त्रणमा लिइएको जिप्रकाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्दीप भण्डारीले जानकारी दिनुभयो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!