डडेल्धुराको भित्रि मद्येश क्षेत्रको दुर्गम वस्तिहरुमा लुतो फैलियो

Posted on: 05 Feb, 2017

माघ २३, डडेल्धुरा | डडेल्धुरा जिल्लामा पछिल्लो समयमा लुतो फैलिएको छ । अहिले जिल्लाका बिभिन्न ठाँउहरुका साथै बिशेष गरि भित्रिमधेश क्षेत्रको दुर्गम वस्तिहरुमा लुतोको उच्च प्रकोप फैलिएको जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराले जनाएको छ । 

परशुराम नगरपालिकाको सेना, मलास, बस्यौटी लगायतका दुर्गम वस्तिहरुमा लुतोको बढी प्रकोप फैलिएको स्वास्थ्य प्रमुख बृषबहादुर शाहीले जानकारी दिनु भएको छ । सार्काेप्टिस स्क्याबी नामको जीवाणुका कारण हुने लुतो रोग तुलनात्मक रूपमा चिसो समयमा कम सरसफाई हुने भएकाले बढी फैलिने गर्दछ । समय–समयमा ननुहाउने, लुगा नफेर्ने, फोहोर बिछ्यौनामा सुत्नेहरूलाई यो रोग बढ्ता लाग्ने प्रमुख शाहीको भनाइ छ । यो जीवाणुले वयस्क भन्दा बालबालिकालाई बढ्ता आक्रमण गर्ने जनाइएको छ । 

व्यक्तिगत सरसफाईमा ध्यान दिए लुतोबाट जोगिन सकिने भन्दै लुतो फैलनबाट रोक्न सरसफाईमा बिशेष ध्यान दिन आग्रह समेत गरिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!