रामेछापमा कसरी भयाे दलितमाथि जरिवाना, मन्दिरमा किन गए वि.क. ?

Posted on: 06 Feb, 2017

माघ २४, रामेछाप । रामेछाप जिल्लाको बेताली गाविसमा दलितले मन्दिर प्रवे्रश गरेको भन्दै प्रहरी कार्यालय बेतालीका हवल्दार र गाविस कर्मचारीको आँखै अगाडी स्थानीय एक दलितलाई मन्दिरका पुजारीहरुले पाँच हजार जरिवाना गराई तत्काल रुद्रि लगाएर मन्दिर चोख्याएका छन् ।

बेताली गाविसको वडा नंं ३ मा रहेकोे शेराकाली महांकालथान मन्दिरमा शनिबार सोहि वडाका कृष्णकुमार वि.क.ले पुजा गरेको भन्दै मन्दिरका पुजारीद्धय वेताली–३ का छत्रबहादुर वुढाथोकी र भिमबहादुर बुढाथोकीले ज्यानै मार्ने सम्मको धम्की दिइ उक्त रकम असुलेका हुन् । 

मन्दिरमा किन गए वि.क. ?

स्थानीयहरुले मन्दिरमा प्रत्येक शनिबार र मंगलबार निसन्तान मानिसहरु सन्तान प्राप्तीको लागि, यूवाहरु विदैशिक रोजगार फलदायी बनाउन र बोलि नआएका बालवच्चाहरुको बोली फुराउन उक्त मन्दिरमा गएर भाकल गर्ने गर्दछन् । भाकल अनुसारको बली चढाई पूजाआजा गरेपछि समस्या समाधान हुने जनविश्वास रहेको छ । सोहि जनविश्वास अनुसार वि.क.ले पनि आफ्नो छोरी दुई वर्षको हुँदा पनि वोली नआएकाले उनकी श्रीमतीले उक्त मन्दिरमा गई पाठी पूजा गर्ने भाकल गरेकी थिइन् । भाकल गरेअनुसार कृष्ण पाठी पूजा गर्न शनिबार मन्दिर पुगेका थिए । 

पुजारीद्धयको हर्कत !

वि.क. मन्दिर भित्र प्रवेश गर्नसाथ दलित किन मन्दिर भित्र पसेको भन्दै पूजारीले बाहिर निकाली गाली गलौज गर्न थाले । पीडित कृष्णकुमारले “हामी चाँहि पस्नै नमिल्ने भनेर आफ्ना कुरा राख्दै गर्दा खुरुक्क ५ हजार जनिवाना तिर् नभए तेरो ज्यान लिन्छौँ” भन्दै पुजारीहरुले नै दुव्र्यवहार गरेका थिए । त्यतिवेला सम्म वि.क.ले पैसा तिर्न मानिरहेका थिएनन् । त्यतिकैमा पुजारी छत्रबहादुरले मन्दिर व्यवस्थापन समितिका अध्यक्ष जगतबहादुर कार्की र स्थानीय सामाजसेवी गुञ्ज ब. कार्कीलाई फोन गरेर सोधे गुञ्जबहादुरले फोन मार्फत नै कामीहरुलाई कुनै हालतमा पनि त्यतिकै नछाड्नु ५ हजार जरिवाना तिराएर मात्र छोड्नु र सो रकमले मन्दिरमा रुद्रि लगाएर मात्र अरु पूजा गर्नु भनेर आदेश दिएपछि सोहि वमोजिम पुजारी र स्थानीय गैर दलितहरु एकमुख लागे । 

पुजारीलाई सम्झाउँने प्रयास, तर पुजारीद्धारा अस्वीकार !

छिमेकी गाविस फर्पु र दोलखाको च्यामाबाट आएका भक्तजनहरुले “हाम्रो गाउँमा भएको मन्दिरमा त सवैलाई प्रवेश गर्न दिन्छौं” भनेका थिए भने स्थानीय लालध्वज कार्कीले “उसैले बनाएको मन्दिरमा पस्दा केहि वाधा पर्दैन, यसरी जरिवाना गराउनु भनेको हामी आफैं तल पर्नु हो” भनेर सम्झाउँदै थिए । तर, पुजारी र स्थानीय गैरदलितहरुले त्यसोभए त्यो कामीलाई नै पुजारी बनाएर पुजा गर्नुस् भन्दै त्यसो भन्नेलाई नै पुजारीले धम्क्याएपछि सयौंको संख्यामा रहेका ती भक्तजन पनि चुपचाप रहे । त्यस्तै अर्का एक स्थानीय नेते जोगीले मेरो पनि पाठी चामल सवै तँ आफै लगेर जे गर्छस् गर भनी धम्क्याएका थिए । 

घटनामा क–कसले के भने ? 

सुरु देखि नै घटनाक्रम नियालीरहेका प्रहरी कार्यालय वेतालीका हवल्दारले “अहिले मिलाएर पुजाआजा गर्नु यदि जिल्लामै लानुपर्ने भए म कृष्णलाई मात्र होइन सवैजनालाई लैजान्छु” भन्दै प्रतिकृया दिएका थिए । झडप हुने स्थिति आएपछि अन्तिममा ज्यान जोगाउन भएपनि “अहिले पैसा तिर कहाँ गएर बोल्नुपर्छ म बोल्छु” भनेर गाविस प्राविधिक वावुराम घिमिरेले अह्रायपछि पीडित वि.क.ले पाँच हजार तिरेका थिए । पीडितले पाँच हजार तिरेको प्रमाण खोज्दा घिमिरेले चाहिन्न म नै भएँ प्रमाण समेत भनेको पीडितको भनाई छ । 

पीडकहरुद्वारा घटनालाई चुनौती

पीडकहरुले घटना घटाए पश्चात दलितहरु कहाँ जाँदा रहेछन् प्रशासन लगेपनि हामी जान तयार छौ भन्दै घटनालाई चुनौँती दिईरहेको र पीडकहरुले अझैपनि धम्क्याइरहेको एक स्थानीयले जानकारी दिए ।

संबिधानमा छुवाछुत सम्बन्धि ब्यबस्था 


यस बिषयमा तपाइको प्रतिक्रिया...!