अंग्रेजी माध्यम र कम्प्यूटर शिक्षाका लागि रजत मोत्सव

Posted on: 07 Feb, 2017

अमृत बास्तोला/माघ २५, तेह्रथुम । तेह्रथुमको पूर्व ईवा गाविस स्थित रन्दल आधारभूत विद्यालयको “२५ औं वार्षिक उत्सव तथा अभिभावक दिवस एवम् रजत महोत्सव–२०७३” मंगलबारबाट सुरु भएको छ । 

“गुणस्तरीय र व्यावहारीक शिक्षा आजको आवश्यकता, अंग्रेजी माध्यम र कम्प्यूटर शिक्षा रन्दलको प्रतिवद्धता” भन्ने मूल नारालाई सार्थकता बनाउन अक्षयकोष अभियान सहित रजत महोत्सव विद्यालयले तय गरेको हो । 

महोत्सव विभिन्न जातिहरुको साँस्कृतिक झाँकीका साथमा जिल्ला शिक्षा अधिकारी कृष्णप्रसाद पोख्रेल २५ वटा पानसको बत्तिमा दिप प्रज्वलन गर्दै उद्घाटन गर्नुभएको छ ।

समारोहमा विद्यालयका प्रधानाध्यापक जयप्रकाश ईङनामले विद्यालयको स्थापना कालदेखि वर्तमान सम्मको शैक्षिक, भौतिक र आर्थिक अवस्था सहितको  प्रगती प्रतिवेदन पेस गुर्न थियो । सोही अवसरमा विद्यालयका संस्थापक सदस्यहरुलाई सम्मान गरिएको छ ।

महोत्सवलाई सम्बोधन गर्दै जिल्ला शिक्षा अधिकारी पोख्रेलले सामुदायीक विद्यालयहरुमा विद्यार्थीहरुको संस्या घट्दै गएकाले परामपरागत शैलिबाट भन्दा आधुनिक प्रविधि सहितको शिक्षामा सबै विद्यालयहरुले पठनपाठन गर्नुपर्ने उल्लेख गर्नु भयो । गुणस्तरीय र व्यावहारीक शिक्षा अहिलेको आवश्यकता भएकाले यसलाई सार्थकता बनाउन प्रविधियुक्त शिक्षा व्यावस्थापन भएमात्र शैक्षिक जगतमा परिर्वतन आउने जिल्ला शिक्षा अधिकारी पोख्रेलले बताउनु भयो । 

विद्यालय व्यावस्थापन समितिका अध्यक्ष खड्गप्रसाद ईङनामको सभापतिमा संचालित समारोहमा विभिन्न विद्यालयका प्रधानाध्यापक, संघ संस्थाका प्रमुख एवम् प्रतिनिधिहरुले सफलताको शुभकामना राखेका थिए ।

२०४८ सालमा स्थापित विद्यालयले आयोजना गरेको कार्यक्रमा विभिन्न प्रतियोगीतात्मक कार्यक्रमहरु रहेका छन् । रजत महोत्सव पाँच दिन सम्म संचालन हुने विद्यालयले जनाएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!