दलित बस्तीमा ६० वर्ष भन्दा माथीका वृद्धवृद्धालाई कपडा तथा कम्बल वितरण

Posted on: 07 Feb, 2017


माघ २५, रौतहट | रौतहट क्षेत्र नं २ गाउँ विकास समिति नरकटियामा रहेको दलित बस्तीमा आज शीतलहरबाट पिडितहरुको लागि न्यानो लुगा तथा कम्बल वितरण गरिएको छ ।

गाउँ विकास समिति नररकटियामा गरिब, असहाय, दलित , कमजोर परिवारजनमा रहेका ६० वर्ष माथिको पुरुष, महिला, वृद्ध वृद्धाहरुलाई माँ नामक संस्थाको सहयोग र पहल नेपाल संस्थाको संयोजक समाजसेवी सरोज रायको आयोजना एवं स्थानीय पत्रकार रिपोर्टर्स क्लब नेपाल रौतहट शाखा तथा मधेश प्रदेश अनलाईनका अध्यक्ष अभिमनु कुमार पटेलको बिशेष पहलमा ४० जनालाई वितरण गरिएका छन । न्यानो कपडा तथा कम्बल वृद्धवृद्धाहरुले पाएपछि धेरै हर्षित भएको थियो ।


सो न्यानो कपडा तथा कम्बल वितरण कार्यक्रममा पहल नेपाल सर्लाही संयोजक संजीप यादव , रिपोर्टर्स क्लब नेपाल रौतहट क्षेत्र नं २ क्षेत्रीय अध्यक्ष बिक्रान्त नारायण यादव , सशस्त्र प्रहरी बल सरमुजवा , प्रहरी चौकी मोतिपुर नरकटिया लगायत स्थानीय बासीहरुको उपस्थिति रहेको थियो ।

त्यसै न्यानो कपडा तथा कम्बल वितरण कार्यक्रमको क्रममा गाउँ विकास समिति बसन्तपट्टी वार्ड नं ३ का कुष्ठ रोग लागेकोले धेरै दिन देखि गाउँबाट बाहिरीएका ३५ वर्षीय इनरदेव रामलाई कम्बल र कपडा सहयोग गरिएको छ । कुष्ठ रोगको उपचार लालगढको अस्पतालमा केहि दिन बसी उपचार गराई निको भएको ४ महिना भन्दा बढी हुदाँ पनि उहाको आफनै गाउँलेहरुले गाउँमा बस्न नदिएकोले राम गाउँबाट टाढा हुलाकी राजमार्ग सडकको किनारमा बस्न बाध्य बनेका हुन ।

- अभिमनु कुमार पटेलको सहयोगमा 


यस बिषयमा तपाइको प्रतिक्रिया...!