बारा मत्स्य तथा कृषि महोत्सव आजदेखि सुरु

Posted on: 09 Feb, 2017

माघ २७, बारा । प्रथम बारा मत्स्य तथा कृषि महोत्सव आजदेखि यहाँ सुरु भएको छ । 

मुलुकलाई माछा उत्पादनमा आत्मनिर्भर बनाउन तथा उपभोक्तालाई नेपाली माछाको परिकारमा परिचित गराउने उद्देश्यले महोत्सव आयोजना गरिएको मेला आयोजक बारा मत्स्य व्यवसायी सङ्घले जनाएको छ । 

महोत्सवको कृषि विकासमन्त्री गौशीशङ्कर चौधरीले उद्घाटन गर्दै कृषिमा परनिर्भरतालाई न्यूनीकरण गरी आत्मनिर्भरतर्फ उन्मुख गराउन कृषिमा बजेट बढाउँदै लगिएको बताउनुभयो । यही माघ २९ गतेसम्म सञ्चालन हुने महोत्सवमा माछाका परिकार तथा उपकरणसम्बन्धी विभिन्न ५० कक्ष राखिएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!