दरैहिया बस्तीका बृद्ध तथा स्थानियलाई कपडा बितरण

Posted on: 11 Feb, 2017


माघ २९, मोरङ । इन्द्रेणी कला प्रतिष्ठानले सिमावर्ती क्षेत्र दरैहिया बस्तीका बृद्ध तथा स्थानियलाई कपडा बितरण गरेको छ । 

बिराटनगरको दरैहिया चोकमा गायक तथा कलाकार हरुको उक्त प्रतिष्ठानले जाडोयामको कपडा वितरण गरेको हो । इन्द्रणी कला प्रतिष्ठानका अध्यक्ष तथा रेडियो नेपालका गायक रामामण्ड सहितको टोलीले उक्त दरैहिया बस्तीका बिपन्न बर्गहरुलाई जाडोमा लगाउने कपडा बितरण गरेको थियो । 

बस्तीमा रहेका बिपन्न बर्ष मध्येका ५५ जना मानिसलाई प्रष्ठिानले छनौट गरी जाडोमा लगाउने कपडा बितरण गरेहो हो । बिषेश गरी तराइमा हुने जाडोका कारण बृद्ध तथा अशक्त मानिसहरुको ज्यान जाने गरेका कारणले पनी जाडोको कपडा बितरण गरेको अध्यक्ष मण्डलको भनाइ थियो । 

कार्यक्रममा कलाकार बिरेन्द्र कुमार साह, डा. बिनोद श्रेष्ठ प्रतिक श्रेष्ठ लगायत स्थानिय कलाकारहरुको उपस्थीती रहेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!