अक्षयकोष संकलनलाई निरन्तरता दिँदै रजत महोत्सव सम्पन्न

Posted on: 11 Feb, 2017


अमृत बास्तोला/माघ २७, तेह्रथुम । तेह्रथुमको पूर्व ईवा गाविस स्थित रन्दल आधारभूत विद्यालयको “२५ औं वार्षिक उत्सव तथा अभिभावक दिवस एवम् रजत महोत्सव–२०७३” शनिवार सम्पन्न भएको छ । “गुणस्तरीय र व्यावहारीक शिक्षा आजको आवश्यकता, अंग्रेजी माध्यम र कम्प्यूटर शिक्षा रन्दलको प्रतिवद्धता” भन्ने मूल नारालाई सार्थक बनाउन विद्यालयले अक्षयकोष अभियान सहित रजत महोत्सव संचालन गरेको थियो ।

महोत्सव कै अवसर पारेर अंग्रेजी माध्यम र कम्प्यूटर शिक्षाका लागि अक्षयकोष अभियान तिब्र बनाएको विद्यालयले हाल सम्म ४३ लाख ७६ हजार अक्षयकोष संकलन गरीसकेकोे छ । अहिले सम्म ४ सय ९४ दाताहरुले अंग्रेजी माध्यम र कम्प्यूटर शिक्षा व्यावस्थापनका लागि विद्यालयमा अक्षयकोष स्थापना गरेका छन् । अक्षयकोष अभियानलाई महोत्सव पछि पनि निरन्तरता दिने प्रधानाध्यापक जयप्रकाश ईङनामले जानकारी दिनु भयो ।

महोत्सवको अवसरमा विभिन्न राशिका अक्षयकोष स्थापना गर्ने दाताहरुलाई चाँदीको रजत महोत्सव मेडल सहित, सम्मान पत्र, पूmलमाला, दोसल्ला, खादा र अविरले सम्मान गरिएको छ । महोत्सवको समापन कार्यक्रममा विद्यालयमा लामो समय सम्म निजी दरबन्दिमा कार्यरत तीन शिक्षकलाई सम्मान गरिएको छ भने, विद्यालयमा यस अघिनै विभिन्न राशिका अक्षयकोष दाताहरुलाई समेत सम्मान पत्र, पूmलमाला, खादा र अविरले सम्मान गरिएको छ । 

विद्यालयले संचलान गरेको अभियानलाई मिडिया पर्टनर भई प्रचार प्रसारमा सहयोग पु¥याउने आधा दर्जन बढी संचार माध्यमलाई प्रंशसापत्र सहित आयोजकले सम्मान गरेको छ । सोही अवसरमा विभिन्न प्रतियोगीतात्मक कार्यक्रमका प्रतिस्पर्धीहरुलाई पुरस्कार वितरण गरिएको आयोजकले जनाएको छ  ।


विद्यालयमा अंग्रेजी माध्यम र कम्प्यूटर शिक्षा संचालनमा आएपछि विद्यार्थीहरुको आर्कषण बढे संगै यसलाई थप व्यावस्थापन गर्न विद्यालयले अक्षयकोष संकलन सुरु गरे थियो । 

वर्तमानको समय कम्प्यूटरको युग भएकाले विज्ञान र प्रविधिमा विद्यार्थीहरुको आधारभूत सैद्धान्तिक र व्यावहारीक ज्ञान हुनु जरुरी भएकाले विद्यालयमा कम्प्यूटर शिक्षा संचालन गरिएको छ । शैक्षिक सत्र २०७० साल देखि नै विद्यालयले २८ सय वाटको सोलार प्रविधि जडान गरि विद्यालयमा आधाभूत कम्प्यूटर शिक्षा संचलान गरिएको प्रधानाध्यापक ईङनामले बताउनु भयो । 

आजको युग उच्च प्रतिशप्रर्धाको युग भएकाले विद्यार्थीहरु जुनसुकै ठाउँमा प्रतिशप्रर्धामा योग्य बनाउने अभिप्राय र अंग्रेजी भाषाको विश्वव्यापीकरणका साथै अभिभावकहरुको अंग्रेजी माध्यम प्रति आकर्षण र अभिरुचीलाई मध्यनजर गरेर शैक्षिक सत्र २०७१ देखि अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गरिएको प्रधानाध्यापके भनाई रहेको छ । 

विद्यालयले कक्षा नर्सरी देखि कक्षा आठ सम्म अंग्रेजी माध्यमबाट पठनपाठन गर्ने उद्देश्य राखी हाल कक्षा तीन सम्म अंग्रेजी माध्यमबाट पठन पाठन संचालन गरिरहेको छ । सरकारको शिक्षा निति स्पष्ट नभएको र विद्यालयको आन्तरिक स्रोत समेत कमजोर भएकाले दक्ष शिक्षकको व्यावस्थापनका लागि आर्थिक चुनौती रहेकाले, विद्यालयको २५ औं वार्षिक उत्सव तथा रजत जयन्तीको अवसर बनाई अक्षयकोष अभियान संचालन गरिएको र यसलाई निरन्तरता दिने विद्यालय व्यावस्थापन समितिका अध्यक्ष खड्गप्रसाद ईङनामले जानकारी दिनु भयो । 

विद्यालयले संचालन गरेको अक्षयकोष अभियानमा विद्यालयका संस्थापक, शिक्षक, कर्मचारी, स्थानीय अभिभावक, समाजसेवी, चन्दादाता तथा प्रवासी नेपालीहरु समेतले विद्यालयमा अक्षयकोष स्थापना गरिदिएका छन् । स्थापना भएको अक्षयकोषको ब्याजबाट अंग्रेजी माध्यम र कम्प्यूटर शिक्षा व्यावस्थापन गरिने विद्यालय स्रोतले बताएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!