मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

Posted on: 12 Feb, 2017

फागुन १, मोरङ । कोसीहरैँचा–१४ स्थित विराटचोक–विराटनगर सडकखण्डमा गए राति मोटरसाइकल आफैँ अनियन्त्रित भई ट्र्याक्टरमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ । 

विराटचोकबाट विराटनगरतर्फ जाँदै गरेको को९प ८४५१ नंको मोटरसाइकल सडक किनारमा पार्किङ गरिराखेको को२त ३०७० नंको ट्र्याक्टरमा ठोक्किँदा मोटरसाइकल चालक नाम, थर र वतन नखुलेका अन्दाजी ३०/३२ वर्षीय पुरुषको घटनास्थलमै मृत्यु भएको हो । ट्र्याक्टर र त्यसका चालकलाई इप्रका, बेलबारीले नियन्त्रणमा लिएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!