अग्निपिडीत बस्ने टहरा व्यापारीको पकटमा

Posted on: 12 Feb, 2017


अमृत बास्तोला | फागुन १, तेह्रथुम । तेह्रथुमको आठराई संक्रान्तिबाजरमा रहेको अग्नि पिडित बस्ने टहरा परिसर जिल्ला बाहिरका व्यापारीहरूले पकटमा लिएका छन्  । 

गएको पुस १गते भएको आगलागीका पिडित उक्त टहरामा बस्दै आएका थिए ।  ईलामको फिक्कल र झापाको बिर्तामोडमा व्यावसय गर्दै आएका व्यापारीले टहरा  पकटमा लिएका हुन ।

आवतजावतमा  असर पर्ने गरि टहराको ढोका समेत बारेर व्यापारीहरू व्यावसाय संचालनका लागि बसेको पिडीतहरूले गुनासो गरेका छन् ।  हरेक महिनाको १ गते संक्रान्तिबजार हाट लाग्ने बजारमा परम्परा देखि व्यावसाय गर्नेले समेत ठाउँ पाएका छैन ।

 परम्परा देखि व्यावसाय गर्दै आएका व्यापारीहरूले व्यापार गर्ने ठाउँ नपाएपछि उद्योग वाणिज्य उपशाखा संक्रान्तिबजारमा गुनासो गरेका छन्  । नयाँ व्यापारीहरूले स्थानीय प्रशासन र उद्योग वाणिज्य संघलाई जानकारी नगरी पिडीतको टहरा बसेको वाणिज्य संघले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!