स्वास्थ्य संस्थामा अभाव देखिएको औषधि बितरण गर्ने डिएचओको तयारी

Posted on: 13 Feb, 2017

नन्दराम जैशी/फागुन २, जुम्ला । जुम्लाका स्वास्थ्य संस्थाहरुमा अभाव देखिएको औषधि जिल्ला स्वास्थ्य कार्यालय जुम्लाले बितरण गर्ने भएको छ । 

हाल जिल्लाका स्वाथ्य संस्थामा अभाव रहेको औषधि स्वास्थ्य संस्थाकै मागका आधारमा बितरण गर्ने तयारी भएको हो । स्वास्थ्य संस्थाको मागका आधारमा सकेसम्म अबको एक हप्ताभित्र औषधि बितरण गर्ने तयारी रहेको जिल्ला स्वास्थ्य कार्यालयले बताएको छ ।  

 आइतबार पत्रकार सम्मेलन मार्फत जिल्ला स्वास्थ्य कार्यालयमा प्राप्त भएको औषधि सार्वजनिक गर्दै नेपाल सरकारद्धारा बितरीत ४२ प्रकारका निशुल्क औषधि प्राप्त भएको जनाइएको छ । साथै जिल्लाका सबै स्वास्थ्य संस्थालाइ आफ्नो संस्थामा अभाव देखिएको नेपाल सरकारद्धारा बितरीत औषधि जिल्ला स्वास्थ्य कार्यालयमा सम्पर्क गरी बुझेर लिन पनि अनुरोध गरीएको छ ।

 सार्वजनिक गरीएका ४२ प्रकारका औषधि ८८ वटा काटुन रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्राथामिक स्वास्थ्य तथा पुर्नजागरण कार्यक्रम फोकल प्रशन किरण शर्माले बताउनुभयो । २५ लाख ९३ हजार टेण्डर आह्रावनमा घटिघटाउद्धारा १० लाख २१ हजारको टेण्डर परेपछि कृष्ण इन्टरनेशनल नेपालगंजले औषधि आयात गरीरहेको उहाले जानकारी दिनुभयो । यस्तै क्षेत्रिय मेडिकल स्टोर नेपालगंजबाट ४७ प्रकारका औषधि तथा सर्जिकल सामाग्रि जिल्ला स्वास्थ्य कार्यालय जुम्लामा प्राप्त भएको स्टोर किपर गोविन्द खनालले बताउनुभयो ।

 जसमा १ सय ५० काटुन बच्चाको तयारी खाना सहित जम्मा ३ सय ७८ काटुन औषधि प्राप्त भएको उहाले जानकारी दिनुभयो । जुम्ला जिल्लाका लागि आवाश्यक बार्षिक औषधिको २० प्रतिशत औषधि जिल्ला स्वास्थ्य कार्यालयले खरीद गर्ने र बाँकि सबै औषधि नेपाल सरकारले अनुदानमा दिने गरेको जनस्वास्थ्य अधिकृत बैद्यनाथ झाले बताउनुभयो । पत्रकारसँग अन्र्तक्रिया गर्दै कार्यालयले हाल जुम्लामा औषधिको अभाव नभएको बताएको छ ।  

 जुम्लामा संचालित ३० वटा स्वास्थ्य चौकि, एउटा प्राथामिक स्वास्थ्य केन्द्र, ६ वटा सामुदायिक स्वास्थ्य इकाइ र एउटा शहरी स्वास्थ्य केन्द्रमा हाल औषधिको अभाव नभएको जनस्वास्थ्य अधिकृत झाले जानकारी दिनुभयो । 

जिल्लाका स्वास्थ्य चौकिद्धारा ३५ प्रकारका र प्राथामिक स्वास्थ्य केन्द्रबाट ५८ प्रकारका औषधि सेवाग्राहि बिरामिलाइ निशुल्क बितरण भैरहेको कार्यालयले बताएको छ । जिल्लामा औषधिको अभाव नभएका कारण स्वास्थ्य संस्थामा आउने बिरामिलाइ सेवा प्रवाह गर्न समस्या नभएको भन्दै कार्यालयमा औषधि मौज्दात रहेको बताइएको छ ।    

यस बिषयमा तपाइको प्रतिक्रिया...!