डेल्धुरामा जीप दुर्घटना, ५ जनाको मृत्यु

Posted on: 15 Feb, 2017

फागुन ४, डडेलधुरा । डडेलधुरामा जीप दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ ।

बुधबार बिहान साढे ११ बजेतिर भागेश्वरबाट सदरमुकामका लागि छुटेको से १ ज ८३३ नम्बरको जीप आइतबजार नजिकै दुर्घटना भएको हो ।

दुर्घटनामा ज्यान जानेको परिचय खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय डडेलधुराले जनाएको छ । गाडीका ११ जना यात्रु रहेकामा अन्य सबै घाइते छन् । घाइतेलाई उपचारका उपक्षेत्रीय अस्पताल डडेल्धुरा लगिएको छ । 

अन्यको उद्धार जारी रहेको प्रहरीले जनाएको छ ।  दुर्घटनाको कारण खुल्न सकेको छैन् ।

  

यस बिषयमा तपाइको प्रतिक्रिया...!