अपडेटः डडेल्धुरामा जीप दुर्घटना, ६ जनाको मृत्यु

Posted on: 15 Feb, 2017

फागुन ४, डडेल्धुरा । भागेश्वर गाविससबाट सदरमुकामतर्फ आउँदै गरेको से१ज ८३३ नं को जीप आज दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् । 

अमरगढी नगरपालिका– ३ ठूलोखोला नजिक उक्त जीप दुर्घटनामा परेको प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिए । 

जीप सडकबाट करिब ३०० मिटर तल खसेको थियो । दुर्घटनामा परेर पाँच जनाको घट्नास्थलमा तथा एक जनाको उपचारका क्रममा उप–क्षेत्रीय अस्पताल डडेल्धुरामा मृत्यु भएको हो । मृतकको सनाखत हुन सकेको छैन । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!