राजघाटमा चितुवाको आक्रमणबाट दुई जना घाइते

Posted on: 16 Feb, 2017

फागुन ५, मोरङ । मोरङको राजघाट १ स्थित अठियाबारीमा चितुवाले स्थानियलाई आतंकित बनाएको छ । 

आज बिहान साढे ८ बजेतिर नजिकैको नर्सरीबाट आएको चितुवाले स्थानिय दुइ जनालाई आक्रमण गरी घाइते बनाएको इलाका प्रहरी कार्यालय उर्लावारीले जनाएको छ । चितुवाको आक्रमणबाट राजघाट १ का ५५ बर्षका टंकबहादुर धिमाल र सोही ठाउँका ५० बर्षीय खुशीलाल धिमाल घाइते भएका हुन् । 

उनीहरुको उर्लावारीस्थित अरनिको अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । चितुवा स्थानिय नर्सरीमै रहेकाले स्थानिय अझै त्रासमा रहेको प्रहरीको भनाइ छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!