ठुलो मात्रामा लागुऔषध सहित ५ जना पक्राउ

Posted on: 17 Feb, 2017

फागुन ६, बिराटनगर । जिल्ला प्रहरी कार्यालय मोरंगको बिशेष टोली टाइगर वान ले बिहिबार दिउँसो ठुलो मात्रामा चरेस सहित ५ जनालाई पक्राउ गरेको भएपनिआज सम्म कुनैपनी जानकारी बाहिर ल्याउन प्रहरीले चाहेको छैन ।

बिराटनगरको बसपार्क नजीकैबाट ६० केजी भन्दा बढि मात्रामा चरेस सहित प्रहरीले ५ जनालाई पक्राउ गरेको थियो । तर जिल्ला प्रहरी कार्यालय मोरंगले पक्राउ गरेको बिषयमा बिभिन्न संञ्चार माध्यमबाट पक्राउ परेको बिषयमा जानकारी लिन चाहँदा प्रहरीले घटनाको बिषयमा ढाकछोप गर्न थालेको छ ।

पक्राउ परेका ब्याक्ति नेपाली नागरीक हुन वा अन्य देशका नागरीक हुन भन्ने बिषय समेत बाहिर आएको छैन । प्रहरीले अनुसन्धान गरीरहेको र बरामद भएको सामान चरेस हो या हैन भन्ने बिषयमा अहिले सम्म प्रहरीनै  एकिन भइनसकेका कारण सुचना नदिइएको हुन सक्ने प्रहरी श्रोतले जनाएको छ । 

तर पक्राउ परेका व्यक्तिहरुले भारत लैजाने क्रममा उक्त चरेससहित पक्राउ परेका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!