विद्यार्थीलाई पाठ्य सामाग्रि वितरण

Posted on: 17 Feb, 2017


रोशन पोखरेल/फागुन ६, विराटनगर । लायन्स क्लब बिराटनगर युनिकले आज मोरङको कोशीहरैचा नगरपालिका  ५ मा रहेको जुडी प्राथमिक बिध्यालयमा रहेका ६० जना बिध्यार्थिहरुलाइ स्कुल ब्याग र तीन सय थान कपि पेन्सील बितरण गरेको छ । 

लायन्स  क्लबका अध्यक्ष बिनोदकुमार राउत , लायन्स लिडर्सहरु सरिता दाहाल, खेम नेपाल, नित्तम चौहान, ओम प्रसाईं, प्राचार्य छत्र काफ्ले, नाट्यकर्मी भरत गुरागाइ, लगायतले सो सहयोग हस्तान्तरण गर्नुभयो  । 

सो अवसरमा दाहाल प्रतिस्ठान केन्द्रका केन्द्रिय सदस्य समाजसेवी लायन बिस्वकान्त दाहाललाइ स्कुले झोला प्रायजोन गरिदिनुभएकोमा बिध्यालयले सम्मान गरेको थियो । साथै शिक्षामा सहयोग गरेकोमा विद्यालयका विध्यार्थिले बधाई ज्ञापन गरेको लायन्स क्ल्वका अध्यक्ष विनोद राउतले जानकारी दिनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!