समयमै पाठ्यपुस्तक नपुग्दा विद्यार्थीलाई समस्या

Posted on: 17 Feb, 2017

नन्दराम जैशी/फागुन ६, जुम्ला । जुम्लामा प्रयाप्त मात्रामा समयमै पाठ्यपुस्तक नपुग्दा विद्यार्थीलाई समस्या भएको छ । 

जुम्लामा विद्यालय भर्ना अभियानसँगै विद्यालय खुल्ने क्रम जारी रहेपनि प्रयाप्त मात्रामा समयमै पाठ्यपुस्तक नपुग्दा विद्यार्थीलाई पठन पाठनमा समस्या भएको हो । जुम्लाका तीन वटा स्टेशनरीले पुस्तक खरिदको जिम्मा लिएको भएपनि अहिले सम्म प्रयाप्त मात्रामा पाठ्यपुस्तक नआउदा विद्यार्थीहरु समस्या भएको बताउछन् । 

गत वर्षको तथ्यांक अनुसार जुम्ला जिल्लामा ३८ हजार २ सय २१ जना विद्यार्थीको संख्या रहेको छ । सोहि विाद्यार्थी संख्या अनुसारको पाठ्यपुस्तक हालसम्मपनि आई पुगेको छैन । पाठ्यपुस्तक खरिदको जिम्मा लिएका तीन वटा स्टेशनरीले पाठ्यपुस्तक जिल्लामा ल्याउने क्रम जनारी रहेको बताएका छन् । 

यता जिल्ला शिक्षा कार्यालय जुम्लाले विगतका वर्षहरु जस्तै आधा शैक्षिक सत्र सकिदा पनि पुस्तक नआई पुग्ने समस्या यो शैक्षिक सत्रमा नहुने दावि गरेको छ । सिंजा क्षेत्रका लागि भने  गोठिज्युलामा रहेको दर्पन स्टेशनरीले पुस्तक खरिदको जिम्मा लिएको छ । जुम्ला सदरमुकाममा रहेका जीपी स्टेसनरी र सन्ध्या स्टेनसरीले पुस्तरक खरिद गरिरहेका छन् । जसमा सन्ध्या स्टेशनरीले पाठ्य पुस्तक आइपुगेको बताएको छ भने अहिले जिपी स्टेसनरीमा जम्मा ७ हजार ४ सय सेट पुस्तक आईसेका छन् । 

यस्तै कक्षा ६ देखी १० सम्मका ३६ सय सेट,  कक्षा १ का लागि  १ हजार र कक्षा २ का लागि  पनि १ हजार सेट पुस्तक जुम्लामा आईपुगेको बताईएको छ । कक्षा ३ देखी ५ सम्म प्रति कक्षा ८ सय सेट पुस्तक आईपुगेको जीपी स्टेसनरी जुम्लाका प्रोपाईटर गणेश रोकायाले बताउनुभयो । पुस्तक किन्नको लागि फाटफुट विद्यार्थी मात्र आईरहेको सन्ध्या स्टेशनरीका प्रोप्राइटर सुमन खड्काले बताउनु भयो । उता गोठिज्युलामा रहेको दर्पन स्टेशनरीमा ११ हजार ७ सय २५ थान पुस्तक आई सकेको जिल्ला शिक्षा कार्यालय जुम्लाले जनाएको छ । 

यता पुस्तक व्यवसायीहरुले पुस्तक समय मै पुग्ने गरेको भएपनि जिल्ला शिक्षा कार्यालयले अनुगमन नगरेका कारण पुस्तक थन्किने समस्या रहेको बताएका छन् । यो वर्ष त्यस्तो समस्या हुन नदिन कार्यालयले सक्रियताका साथ प्रभावकारी अनुगमन गर्नु पर्नेमा उनीहरुले जोड दिएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!