पत्रकार महासंघ सुनसरीको अध्यक्षमा खडका

Posted on: 19 Feb, 2017

फागुन ८, सुनसरी ।  नेपाल पत्रकार महासंघ सुनसरीको शनिवार सम्पन्न दशौ अधिवेसनले नया पदाधिकारी छानेको छ । आइतबार बिहानको मत परिणाम अनुसार अध्यक्ष पदमा अमर खडका भारी मतले बिजयी भएका छन । उनले दुई सय मतमा एक सय १८ मत प्राप्त गरेका छन भने प्रतिदव्न्दी जनकत्रृषी चाम्लिङ राईले ८० मत मत प्राप्त गरेका छन । कारणवस २ मत बदर भएको छ ।

त्यस्तैमा उपाध्यक्षमा सन्तोष काफ्ले , समावेसीबाट शुभद्रा प्याकुरेल भारी मतले बिजयी भएका छन ।काफ्लेले निर्वाचनमा ८९ मत प्राप्त गरेका छन भने समावेशीबाट शुभद्राले १०७ मत प्राप्त गरी बिजयी भएका हुन ।

त्यसैगरी सचिवमा हिमाल दहाल बिजयी भएका छन । उनले निर्वाचनमा १०२ मत प्राप्त गरेका छन । त्यसैगरी सहसचिवमा ध्रुव ढकाल समावेसी सहसचिवमा दिनेश गज्मेर बिजयी भएका छन । उनिहरूले क्रमश १०२ र ९४ मत प्राप्त गरेका छन । महासंघ सुनसरीको कोषाध्यक्षमा गोविन्द बस्नेत चयन भएका छन उनले पनि निर्वाचनमा ९७ मत प्राप्त गरी बिजयी भएका हुन ।

महासंघ सुनसरीले अधिवेसन संगै नयाँ सदस्यहरसमेत चयन गरेको छ । सदस्यहरूमा अजित झा , अर्जुन सुवेदी , चन्दन गुप्ता , धनकुमार राई , बिशाल राई , धिरेन लिम्बु , दिलतबाट अनिता रसाइली महिलाबाट सुमित्रा राई र जनजातीबाट शुनिल चौधरी चयन भएका छन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!