झलारीमा एफएम रेडियो सञ्चालन

Posted on: 19 Feb, 2017

फागुन ८, कञ्चनपुर । कञ्चनपुरको झलारी पिपलाडी नगरपालिका–१० मा झलारी मिडिया प्रालिले झलारी एफएम १०५ दशमलव ९ मेगाहर्ज सञ्चालनमा ल्याएको छ । 

सञ्चालनमा आएको ५०० वाट क्षमताको सो एफएमबाट कञ्चनपुर कैलाली, डडेल्धुराका केही क्षेत्र र निकटवर्ती भारतीय क्षेत्रमा सुन्न सकिने प्रालिका अध्यक्ष वसन्तराज भट्टले बताउनुभयो । 

एफएमबाट मनोरञ्जनात्मक कार्यक्रमसँगै, चेतनामूलक कार्यक्रम र नियमित समाचार प्रसारण गरिने उहाँले बताउनुभयो । एफएम स्थापनाका लागि रु ४१ लाख खर्च गरिएको छ । 

शनिबारदेखि नियमित प्रसारण सुरु गरेको झलारी एफएमसँगै यस क्षेत्रमा एफएम रेडियोको सङ्ख्या दुई पुगेको छ । एक सय दुई दशमलव दुई मेगाहर्जको प्रभु एफएम झलारीमा सात वर्षदेखि सञ्चालनमा रहेको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!