नवलपरासीमा श्रीमानले मट्टितेल छर्की आगो लगाएपछि, श्रीमतीको मृत्यू

Posted on: 19 Feb, 2017

श्याम थापा, फागुन ८, नवलपरासी  । नवलपरासीको पक्लीहवा गा.वि.स.मा गए राति घरायसी कलहका कारण आगो लागी एक जनाको मृत्यू भएको छ । गएराती पक्लीहवा गा.वि.स.वडा नं. ९ सकरदीनहीमा श्रीमान श्रीमती विच घरायसी झगडा हुदा श्रीमान अन्दाजी वर्ष ३० का मिन्नु मुसहरले आफ्नो श्रीमती वर्ष अन्दाजी ३० कै जडावती मुसहर माथी मट्टितेल छर्की आगो लागाई फरार भएका थिए । फरार भएका मुसहरलाई प्रहरी चौकी रामनगरले पक्रीएर इलाका प्रहरी कार्यालय बेलाटारीको नियन्त्रणमा राखेको प्रहरीले जनाएको छ । आगोलागी घाइते भएकी मुसहरको श्रीमतीलाई उपचारको लागी गएराती नै सहिद स्मृती सामुदायीक अस्पताल चौपतामा लगीएको र थप उपचारको लागी बुटवल लुम्बीनी अञ्चाल अस्पतालमा रिफर गरी उपचार भईरहेको मुसहरको श्रीमतीको आज  विहान ५ बजेको समयमा अस्पतालले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!