जिल्ला अस्पताल डोल्पाको फार्मेसिमा ६ महिनामा १ लाख १० हजारको औषधि बिक्रि

Posted on: 19 Feb, 2017

 टेक शाही, फागुन ८, डोल्पा ।  जिल्ला अस्पाताल डोल्पाको निजि फार्मेसिले ६ महिनामा १ लाख १० हजारको औषधि बिक्रि गरेको छ । २०७३ साल असोज ८ गते देखि सँचालन गरेकोे जिल्ला अस्पतालको फार्मेसिले नेपाल सरकारले तोकेको एमआरपि कै मुल्यमा बिरामीलाइ बेच्ने गरेको जिल्ला अस्पताल डोल्पाका प्रमूख डक्टर श्रीकान्त अग्रवालले जानकारि दिनुभयो । 

हाल यो फार्मेसिबाट नेपाल सरकारले निशुल्क बितरण गर्ने ७० किसिमका औषधि बाहेकका १ सय ४ किसिमका सशुल्क बिक्रि हुने औषधि बिक्रि गरेको छ । बिरामीेले बाहिरका निजी मेडिकलबाट एमआरपि भन्दा ३ गुणा महगो रुपैया तिरेर औषधि किन्ने पिडाबाट मुक्त गराएको २४ घण्टा २ जना कर्मचारिले नियमित रुपमा बिरामीलाइ औषधि उपलब्ध गराएको जिल्ला अस्पताल डोल्पाले जनाएको छ । 

सरकारको निति अनुसार हरेक जिल्ला अस्पतालमा आफनै फार्मेसि सँचालन गर्नु पर्ने भनिए पछि डोल्पामा पनि सँचालन गरिएको थियो । जिल्ला अस्पतालमै फार्मेसि सँचालन भए पछि हरेक बिरामीले सजिलै सस्तो मूल्यमा औषधि पाएका छन । सस्तोमा औषधि जिल्ला अस्पतालबाटै पाए पछि अब निजी मेडिकलको महगो औषधिको भर पर्नु नँपरेको बिरामीहरुले बताएका छन । 

आबास्यक्ता अनुसार बर्ष भरिमा औषधि खरिद गरिने र औषधि खरिद गर्दा बिक्रेताले १० प्रतिशत कम मुल्यमा जिल्ला अस्पताललाइ दिने र जिल्ला अस्पतालले नेपाल सरकारले तोकेको एमआरपिको मुल्यामा बिरामीलाइ बिक्री गर्ने गरेको अस्पतालले जानएको छ । हाल १२ हजारमा २ जना कर्मचारि राखेर द्दद्ध घण्टा नै सुबिधा दिदै आएको छ । 

मौसम परवर्तन सँर्गै जिल्ला अस्पातल डोल्पामा बिरामीहरु बढेका छन । दैनिक रुपमा लडेर चोट लागेका,हड्डिी भाँचिएका,रुघाखोकी र ग्यासट्रिकका बिरामी धेरै बढेकाछन । अघिल्लो बर्षको तुलनामा गर्भवति महिलाहरुको सख्या पनि बढेको अस्पातलले जनाएको छ । गर्भवति चेकजाँच गराउने र जिल्ला अस्पतालमा नै आएर गर्भवति गराउने महिलाको सँख्या पनि बढ्दो रहेको र यो सकारात्मक रहेको डक्टर अग्रवालले बताउनु भयो । 

जम्मा १५ सैयाको जिल्ला अस्पताल डोल्पामा भने खानेपानि र सौचालयको ठुलो समस्या रहेको छ । हरेक दिन धेरै मात्रामा पानिको प्रयोग हुने खानेपानि भने नियमित छैन । बिहान १ घण्टा र साँझ १ घण्टा मात्र पानि आउने भए पछि जिल्ला अस्पातल भित्र बस्ने कर्मचारि र जिल्ला अस्पातलका बिरामीलाइ पानिको समस्या परेको हो । 

अस्पातलमा ८ वटा भन्दा धेरै सौचालयहरु छन तर प्रयोगमा २ वटा मात्र रहेका छन । अन्य केहि ताला लगाएका छन भने केहि भत्कीएर जिर्न अबस्थामा रहेका छन । सौचालयको समस्या भए पछि बिरामी र बिरामीका कुरुवालाइ सौचालयको समस्या हुने गरेको बिरामीका कुरुवाहरुले दुखेसो पोखेका छन । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!