नेपाल पत्रकार महासंघ तेह्रथुममा ढुंगाना सर्वसम्मत

Posted on: 19 Feb, 2017

प्रकाश धौलाकोटी/फागुन ८, तेह्रथुम । नेपाल पत्रकार महासंघ जिल्ला शाखा तेह्रथुमको अध्यक्षमा नरेश ढुंगाना सर्वसम्मत चयन भएका छन् । 

आइतबार भएको शाखाको पाँचौ अधिबेशन तथा दशौँ साधारण सभाले ढुंगानाको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा भगिश्वर लिम्बु, महिला उपाध्यक्षमा यशोदा चेम्जोङ, सचिवमा प्रकाश धौलाकोटी, सहसचिवमा उमेश नेपाली, सहसचिव समावेशीमा राजकुमार तेयुङ तथा कोषाध्यक्षमा दिपक कट्टेल सर्वसम्मत निर्वाचित भएका छन् । यस्तै सदस्यहरुमा विनोद भट्टराई, ठाकुर सेनेहाङ, धनु तामाङ, रोशन श्रेष्ठ, कृष्ण चौंलागाई, सुमना लिम्बु, पद्मा सापकोटा र कल्पना लिम्बु चयन भएका छन् । 

यस्तै केन्द्रिय पार्षदमा उद्धव तिम्सीना, महेन्द्रप्रसाद काफ्ले, लक्ष्मण कार्की, अमृत बाँस्तोला, चन्द्र कार्की, खड्गकुमारी लिम्बु, मनकुमार फोम्बो र सलबहादुर तिवारी सर्वसम्मत चयन भएका छन् । 

यस्तै प्रदेश पार्षदमा विष्णुकुमार लिम्बु, लक्की शेर्पा, कृष्ण विदुःखी, प्रेमचन्द्र निङ्लेखु, रुविन खाती, विनिता तिम्सीना, खिरबहादुर बुढाथोकी, रामचन्द्र कोइराला, नवराज दुलाल र आशा तुम्बाहाम्फे चयन भएका छन् । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!