पहिलो वर्षमै बैतडीका ईन्सेक प्रतिनिधी बडु उत्कृष्ट

Posted on: 19 Feb, 2017


दिनेश ठकुल्ला/फागुन ८, धनगढी । जिल्ला प्रतिनिधिको रुपमा कार्य सुरु गरेको पहिलो वर्षमै बैतडी जिल्लाका ईन्सेक प्रतिनिधी नरीदत्त बडु उत्कृष्ट जिल्ला प्रतिनिधि सुरुस्कारले पुरुस्कृत हुनुभएको छ । 

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले शनिवार धनगढीमा सार्वजनिक गरेको मानव अधिकार वर्ष पुस्तक २०१७ को अवसरमा बडुलाई उत्कृष्ट जिल्ला प्रतिनिधि घोषित गरि पुरुस्कृत गरिएको हो । 

कार्यक्रममा प्रमुख अतिथि रहनुभएका जिल्ला न्यायाधिश धनसिंह महराले उहाँलाई ७ हजार नगर सहित प्रमाणपत्रले सम्मानित गर्नुभएको हो । उत्कृष्ट जिल्ला प्रतिनिधिको रुपमा पुरुस्कृत हुनुभएका बडु यस साझा सबाल मिडियाको लागि बेतडी जिल्लाको सम्पादकको रुपमा काम गर्दै आउनुभएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!