सवारी दुर्घटनामा १ घाइते

Posted on: 20 Feb, 2017

मोरङ विराटनगर फागुन ९

गते  कोशी राजमार्ग अन्तरगत मोरङको टंकिसिनुवारी २ आरती स्ट्रिप्स अगाडी आइतबार राती ९ बजेतिर बिराटनगरबाट इटहरीतर्फ जाँदै गरेको स ४ प १८२९ नम्बरको मोटरसाइकलले ठक्कर दिंदा पैदलयात्री मोरङ टंकिसिनुवारी १ बस्ने बर्ष ३५ को गुल्चन ऋषिदेव घाइते भएका छन। घाइते ऋषिदेवको विराट मेडिकल कलेजमा उपचार भइरहेको छ भने ठक्कर पश्चात मोटरसाइकलसहित चालक फरार भएकाले प्रहरीबाट उनको खोजतलाश भइरहेको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!