दलित छात्रवृत्तिमा अनियमितता

Posted on: 21 Feb, 2017

फागुन १०, वीरगन्ज । जिल्ला शिक्षा कार्यालय बाराका जिल्ला शिक्षा अधिकारी धनप्रसाद पोखरेल विभिन्न विद्यालयविरुद्ध परेका उजुरी हेर्न व्यस्त हुनुहुन्छ ।

जिल्लामा रहेका चार सय २२ विद्यालयका दुई सयभन्दा बढी उजुरी जिल्ला शिक्षा कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, शिक्षा मन्त्रालय र शिक्षा विभागमा परेका छन् । 

जिशिअ पोखरेलले दलित छात्रवृत्तिमा अनियमितता भएका उजुरी बढी परेको बताउनुभयो । उजुरी परेकामध्ये ६० वटा फछ्र्योट भएका तथा अन्य एक सय ४० वटा छानबिनका क्रममा छन् । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!