आनरखोली चुल्लेक सडक निमार्ण भएपछि बन अतिक्रमण गरी घर निमार्ण गर्नेको संख्या बृद्धी

Posted on: 21 Feb, 2017

ललित बोहरा  । फागुन ९ डडेल्धुरा  । डडेल्धुरा समैजी र अजमेरु गाबिसमा पर्ने आनरखोली चुल्लेक सडक खण्ड निमार्ण सम्पन्न भएपछि बन अतिक्रमण गर्नेको संख्यामा बृद्धी भएको छ । बिर बेताल सामुदायीक बनको सीमना सकिएपछि सुरु हुने राष्ट्रिय बनको सडक क्षेत्र घर निमार्ण प्रयोजनका लागी वन अतिक्रमण भईरहेको हो । सडक निमार्ण हुन भन्दा पहिले पनी केही काठका छापराहरु निमार्ण भएपनी अहिले सडक छेउ छाउमा पक्कि घरहरु निमार्ण भई रहेका स्थानीयले नाम नबताउने सतमा बताएका छन् । बन अतिक्रमण रोक्ने तर्फ जिल्ला वन कार्यालय डडेल्धुरा र स्थानिय प्रशासनले चासो नदिएका कारण बन क्षेत्र अतिक्रमणको चपेटामा परेको  स्थानीयको आरोप छ ।

समय समयमा जिल्ला बनमा बन अतिक्रमण गरी घर निमार्ण भईरहेको जानकारी जिल्ला बनलाई गराएपनी कुनै किसीमको प्रक्रिया नआएपछि केही नहुने भन्दै अन्यले पनी अतिक्रमण गर्न थालेको स्थानियको भनाई छ । जिल्ला बन कार्यालयले भने अतिक्रमण गर्नेलाई केही राजनितिक दलको सहयोग रहेकाले समस्या भएको जनाउदै आएको छ । बन अक्रिकमणमा बदनामी भएको डडेल्धुरामा पछिल्लो समयमा सामुदायीक बन मात्र नभई राष्ट्रिय बनहरु पनी अतिक्रमण गरी घरहरु निमार्ण हुन दुःखद हो । यता जिल्ला बन कार्यालय डडेल्धुराका अनुसार ईलाका बन कार्यालय खलङगाको कार्यक्षेत्र पर्ने बताएको छ । आफुले केही दिन अगाडी मात्र निरिक्षण गरी निमार्ण भएका घरहरुको बारेमा सम्र्पण जानकारी दिएको र केही दिनपछि हटाउने प्रक्रिया थालनी गर्ने ईलाका बन कार्यालय खलङगाका रेन्जर मेहन्द्र सिह धामीले जानकारी दिनु भयो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!