शान्ति समितिको तालिम सम्पन्न

Posted on: 22 Feb, 2017

पर्वत । संक्रमणकालिन न्याय का लागि द्वन्द्व व्यवस्थापन सम्बन्धी कुश्मामा शुरु भएको दुई दिने तालिम सम्पन्न भएको छ । स्थानीय शान्ति समितिका सदस्यहरु तथा गाविस÷नगरपालिका  स्तरीय शान्ति समितिका संयोजकहरुको लागि उक्त तालिमको आयोजना गरिएको  उक्त तालिमबाट घरपरिवा, समाज, देश र अन्तराष्ट्रिय समुदायमा हुने संक्रमणकालिन अबस्था र त्यसले निम्त्याउने द्वन्द्व व्यवस्थापनका बारेमा जानकारी हासिल भएको कार्यक्रममा सहभागीहरुले बताए ।


 द्वन्द्व व्यवस्थापन गर्न  सके स्थायी शान्ति को कल्पना गर्न सकिने र के के कारणले द्वन्द्व  हुन्छ र त्यसको प्रभाव, असर र समधानका बारेमा ज्ञान हासिल  गरेको सहभागी भनाई थियो । स्थानीय शान्ति समिति पर्वतका संयोजक सोमलाल आचार्यको अध्यक्षतामा भएको कार्यक्रमा बोल्दै आचार्यले शान्ति समितिका गतिविधिहरुलाई जनता समक्ष पु¥याउनको लागि हरेक गाउँ विकास समितिमा शान्ति समिति गठन गरीएको र संक्रमणकालिन अबस्थामा द्वन्द्वबाट प्रभावित भएका नागरिकलाई न्याय दिलाउनको लागि तथा शान्ति स्थायित्व कायम गर्नको लागि सवै मिलेर लाग्नुपर्नेमा जोड दिए । 


 उनले तालिमबाट संक्रमणकालिन न्यायका लागि द्वन्द्व व्यवस्थापन तालिमले धेरै पाठ सिकाए भन्दै व्यवहारमा लागू गरी शान्ति स्थापनाकोलागि लागि पर्नुपर्नेमा जोड दिए । कार्यक्रमको संचालन कार्यालय सचिव किशोर सुवेदीले गरेका थिए । भने प्रशिक्षण कपिलमणी दाहालले दिएका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!