मोरङमा बसको ठक्करबाट प्रधानाध्यापकको मृत्यु

Posted on: 22 Feb, 2017

फागुन ११, मोरङ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको केरौन– १ स्थित चिसाङ पुल छेउमा भएको सडक दुर्घटनामा आज एक जनाको मृत्यु भएको छ । 

मृत्युहुनेमा मोरङ पथरी शनिश्चरे– ५ स्थित जनता माविका प्रधानाध्यापक मेघनाथ ओझा रहेका छन् । पूर्वतर्फ आइरहेको को १ ख ५४४६ नं को यात्रुबाहक बसले पश्चिमतर्फ गइरहेको को १६ प २१९७ नम्बरको मोटरसाइकललाई ठक्कर दिदाँ गम्भीर घाईते भएका मोटरसाइकल चालक ओझाको उपचारका क्रममा नोबेल अस्पताल विराटनगरमा मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक राजन कार्कीले जानकारी दिनुभयो । 

ठक्करबाट मोटरसाइकलको पछाडी सवार सोही विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष डम्बर चम्जोङ गम्भीर घाइते भएका छन् । घाइते चेम्जोङको सोही अस्पतालमा उपचार भइरहेको छ । ठक्कर दिने बस र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!