रणदल गुल्मले सप्ताव्यापी कार्यक्रम गरि सेना दिवस मनाउदै

Posted on: 24 Feb, 2017

पर्वत । सेना दिवसका अवसरमा नेपाली    सेना रण दल गुल्म पर्वतले सप्ताहव्यापी कार्यक्रमको आयोजना    गरी मनाएको छ  ।

महाशिवरात्री एवं सेना दिवसको अबसरमा रणदल गुल्मले कुश्मा कटुवाचौपारीमा रहेको अल्पेश्वर गुफा परिसरको सरसफाइ गरेको छ । मदन जंग कार्कीको कमाण्डमा ७० जनाको टोलीले अल्पेश्वर गुफा परिसरको बृहत सरसफाएइ गरेको हो ।सप्ताव्यापी कर्यक्रम अन्तरगत दिवसको अबसरमा आज गुप्तेश्वर गुफा परिसरमा बृहत सरसफाइ तथा रक्तदान कार्यक्रमको आयोजना   गरेको       रण दल गुल्म  व्यारेकले जनाएको छ । 

विहान गुल्मका गुल्मपति मदन जंग लामिछानेको नेतृत्वमा ७० जनाको टोलीले गुप्तेश्वर गुफा परिसरको बृहत सरसफाई तथा  नेपाल रेडक्रस सोसाइटी  जिल्ला शाखा पर्वतको  आयोजनामा रक्तदान कार्यक्रमको आयोजना गर्ने तयारी गरेको छ ।

शिवरात्रि तथा सेना दिवसमा विशेष अबसरमा काठमाडौं टुँडिखेलमा कार्यक्रमको आयोजना हुदैछ ।

सो कार्यक्रममा  राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्द बहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायतका विशिष्ट व्यक्तिहरुको सहभागीता एवं विशेष सम्बोधन हुने तय भएको छ । नेपाली सेनालाई देशभक्ति, जनसेवा र आफनो पेसागत निष्ठाप्रति प्रतिबद्ध रहँदै अझ नवीन ऊर्जा, उत्साह, सङ्गठनात्मक सङ्कल्पको प्रतिकारात्मक दिवसको रुपमा मनाउने गरिएको नेपाली सेनाले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!