शिवालय मन्दिरमा बहास प्रतिस्थापन, प्रहरी जवान सम्मानित

Posted on: 24 Feb, 2017


अमृत बास्तोला/फागुन १३, तेह्रथुम । तेह्रथुमको संक्रान्तिबजारमा शिवरात्री विशेष कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । 

संक्रान्तिबजार स्थित नागेश्वर पंञ्चायङ्ग शिवालय मन्दिरमा भगवान् शिवजीको बहान बसाहा नन्दीको प्रतिस्थापन गरिएको छ । विमली बन्धु समाजद्धारा २०२२ सालमा निर्मीत मन्दिरमा धार्मिक संस्कार अनुसार पुजा आर्चना गरी नन्दीको प्रतिक राखिएको हो । 

शिवरात्रीको अवसर पारेर झापा जिल्ला दमक १३ निवासी बृहस्पती बिमलीले श्रीमती स्वर्गिय दमयन्ता विमलीको स्मृतीमा नन्दीको स्थापना गर्नु भएको हो ।

सोही अवसरमा संक्रान्तिबजारमा गत पुस १ गते भएको भिषण आगलागीमा आप्mनो ज्यानको कुनै प्रवाह नगरी आगो नियन्त्रणमा खटिनुभएका ईलाका प्रहरी कार्यालयका प्रहरी जवान सन्तोष न्यौपानेलाई सम्मान गरिएको छ । संखुवासभा खाँदबारी निवासी प्रहरी जवान न्यौपानेलाई विमली बन्धु समाजले नगद ५ हजार र सम्मान पत्रले सम्मान गरेको हो । 

फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई सम्पूर्ण दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीहरूको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइने गरिन्छ ।

शिवरात्री भक्तजनहरूले शुद्ध भई शिव मन्दिरमा पूजा अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध धतुरो र बेलपत्र चढाउने गर्छन् । यस पर्वका दिन उपवास गरी “ ऊँ नमः शिवाय“ मंत्र जप्ने गरेमा सर्व्सिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास रहेको बताइएको छ । ब्रह्माले रूद्ररूपी शिवजीलाई उत्पन्न गरेको दिन, शिव पार्वतीको विवाहको दिन शिवरात्री पर्व मनाइन्छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!