अग्निपिडितलाई याक्थुङ सयङ कोरियाको सहयोग

Posted on: 24 Feb, 2017


अमृत बास्तोला/फागुन १३, तेह्रथुम । तेह्रथुमको आठराई संक्रान्तिबजारमा गत पुस १ गते भएको भिषण आग्लागीका अग्निपिडित परिवारलाई याक्थुङ सयङ दक्षिण कोरियाले शुक्रबार सहयोग रकम उपलब्ध गराएको छ । 

संक्रान्तिबजार आइपुगेका सयङका संस्थापक सल्हाकार समाजसेवी कुवेर लिङदनेले आगलागी क्षेत्रको अवलोकन पश्चात औपचारीक कार्यक्रमहरुको आयोजना गरी १ लाख ८१ हजार रुपौया सहयोग उपलब्ध गराउनु भएको छ ।

सहयोग रकम संक्रान्तिबजार अग्निपिडित राहत वितरण समितिका अध्यक्ष तथा इलाका प्रशासन कार्यालय संक्रान्तिबजारका प्रमुख सफल र्पोतेल र तेह्रथुम उद्योग वाणिज्य संघ उपशाखा संक्रान्तिबजारका अध्यक्ष प्रेम पौडेललाई सयङका संस्थापक सल्हाकार लिङदनेले संयुक्त रुपामा हस्तान्तरण गर्नु भएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै समाजसेवि लिङदेनले अग्निपिडित परिवारको यो दुःखद घडिमा सबैले सहयोग गरी पिडितहरुलाई पुर्नःस्थापना गर्नु पर्नेमा जोड दिनु भएको छ ।

गत पुस १ गते भएको भिषण आग्लागिबाट संक्रान्तिबजारका ३२ घर सहित ७३ परिवार विस्थापित भएका थिए । आगलागीबाट १४ करोड ८ लाख रुपैया बराबरको क्षति भएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!