२२ बर्षीय युवती बलात्कार गरेको आरोपमा ७३ वर्षका वृद्ध पक्राउ

Posted on: 25 Feb, 2017

फागुन १४, गुल्मी । गुल्मीमा युवती बलात्कार गरेको आरोपमा एक वृद्धलाई प्रहरीले पक्राउ गरेको छ । 

२२ वर्षकी युवतीलाई बलात्कार गरेको आरोपमा गुल्मी बिशुखर्कका ७३ वर्षका वृद्धलाई प्रहरीले पक्राउ गरेको हो । पीडितका आफन्तले जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरीको आधारमा ती वृद्धलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । 

पीडित युवतीको जिल्ला अस्पताल तम्घासमा स्वास्थ्य परीक्षण गरिएको छ । आरोपित वृद्धलाई जिल्ला अदालतबाट म्याद थप गरी प्रहरी हिरासतमा राखिएको प्रहरीले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!