उद्योग वाणिज्य संघ मल्लाज उपशाखाको भवन शिलान्यास

Posted on: 25 Feb, 2017

विशन क्षेत्री

पर्वत, १४ फागुन ।

पर्वत उद्योग वाणिज्य संघ मल्लाज उपशाखाको भवन शिलन्यास गरिएको छ । स्थानीय रवीन्द्र र जर्नादन मल्लले उपलब्ध गराएको आठ आना जग्गामा सामुदायीक प्रयोजनको सभाहल सहितको कार्यालय भवन निर्माण हुन लागेको हो । माझफाँट २ लामाखेतमा निर्माण हुन लागेको भवनको उपशाखाको छैटौँ साधारणसभाको अवसरमा पर्वत क्षेत्र न. १ का सांसद अर्जुन प्रसाद जोशीले भवनको शिलान्यास गरेका हुन् । उद्धाटनपश्चात कार्यक्रममा जोशीले विकासका लागि सबैको एकता र सहकार्य आवश्यकता पर्ने बताए । कार्यक्रममा नै सांसद जोशी सहित विभिन्न व्यक्ति तथा संस्थाहरुबाट छ लाख रुपैया सहयोग घोषणा भएको छ ।

२० लाख रुपैयाको लागतमा भवन निर्माण गर्ने लक्ष्य छ । कार्यक्रममा म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष जिवनबहादुर विश्वकर्मा, पर्वत उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष गोपी अधिकारी, नेकपा एमालेका गाउँ कमिटि अध्यक्ष टेकबहादुर जिसी व्यवसायीको तर्फबाट नविन जिसी लगायतले मन्तव्य राखेका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!