पट्मारामा बौलाहा कुकुरको बिगबिगि, स्थानिय त्रसित

Posted on: 26 Feb, 2017

नन्दराम जैशी | फागुन १५, जुम्ला | जुम्ला पटमारा गाविसका विभिन्न वडाहरुमा बौलाहा कुकुरको बिगबिगिले सताउन थालेपछि स्थानिय त्रसित भएका छन् ।

पटमारा गाविसका वडा नम्बर ४ देखि ९ सम्ममा बौलाहा कुकुरको बिगबिगिका कारण पशुचौपाय र मान्छेलाई टोक्न थालेपछि स्थानिय त्रसित भएका हुन् । फागुन १३ गते पट्मारा गाविसका शोषण बोहोरा र कर्म विष्ट तथा अन्य दर्जन बढि पशु चौपायलाई बौलाहा कुकुरले टोकेको स्थानिय हंश रोकायाले जानकारी दिनुभयो ।

स्थानिय रोकायाले गाविसमा रहेका सबै कुकुरहरुलाई बाँधेर राख्न पनि अनुरोध गर्नुभयो । यता गाविसमा रहेको पशु सेवा केन्द्रमा औषधी नभएपछि पशु चौपाय र मान्छेलाई आवश्यक भ्याक्सिङ नपाईएको स्थानियले गुनासो गरेका छन् । भने जिल्ला पशु सेवा कार्यालय जुम्लाले बौलाहा कुकुरको लक्षण देखिएमा तत्काल नजिकैको पशु सेवा केन्द्रमा ल्याई आवश्यक रेविज विरुद्धको खोप लगाउन सबैलाई आग्रह गरेको छ ।    

यस बिषयमा तपाइको प्रतिक्रिया...!