९९ औं अली मियाँ जयन्ती मनाइदै

Posted on: 26 Feb, 2017

पर्वत । अली मियाँ लोकवाङ्मय प्रतिष्ठान पोखाराले ९९ औ अली मियाँ जयन्तै मनाउँदै छ । 

अलि मियाँको ९९ औ जन्मजयन्ती तथा अली मियाँ लोकवाङ्मय पुरस्कार २०७३ को अबसरमा पर्वतका लोकदोहोरी गायक युवराज भुषाल सम्मानीत हुने भएका छन् । अली मियाँ लोकवाङ्मय प्रतिष्ठान पोखारले बर्षेनी प्रदान गर्दे आएकालोक कवि अली मियाँ पुरस्का र २०७३ लोकदोहोरी गायक युवराज भुषाललाई प्रदान गर्ने निर्णय गरेको आयोजकले  शनिबार पत्रकार सम्मेलन गरी जानकारी दिएको । 

आज हुने सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा गायक भुषाललाई नगद २० हजार र सम्मान पत्र सहित लोक कवि  अली मियाँ पुरस्कार प्रदान गर्ने तयारी भएको आयोजकले जनाएको छ । त्यसैगरी  सोही कार्यक्रममा समाज सेवी मानकुमारी गिरी र शालिकराम गिरीलाई समेत सम्मान गर्ने आयोजकले जनाएको     छ ।


विसं १९७५ फागुन १५ गते पोखरा उपमहानगरपालिका १३ मा पिता मोहम्मद मियाँ र माता जहुरा मियाँकोा कोखबाट जन्मेका मियाँ नेपाली लोक संगितको क्षेत्रमा सक्रिय रुपमा लागी परेका पात्र हुन्. । उनका विरक्तलहरी (२००६), महेन्द्रलहरी (२००९), न्यालीको पुकार (२०११), पहाडको उद्गार (२०१३), सेतीको सुस्केरा (२०२९)। आत्मकथा अली मियाँ (२०३८), उज्यालो भैसक्यो (२०३९), सम्झनाको दियो(२०५१),अली मियाँको आवाज (२०५८) लगायतका कृतिहरु बजारमा रहेका छन् ।

उनको वि.सं २०६३ साल श्रावण १८ गते निधन भएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!