कार्यविधिभन्दा बाहीरका मानीसले संयोजकको दावी गर्दा शान्ती समीतीमा खैलावैला

Posted on: 26 Feb, 2017

https://scontent.fmaa1-1.fna.fbcdn.net/v/t34.0-12/महेन्द्र जिसी 

पर्वत ।  दश वर्षे शसस्त्र द्धन्द्धको समाधान गरी स्थायी शान्ती कायम गराउन गठीन  स्थानीय शान्ती समीतीमा पछिल्ला वर्षमा अशान्ती मौलाउँदै गएको छ । दलहरुकोसंरक्षण्मा संयोजक चयन गरीने प्रचलनले पनि  समीतीमा   अशान्ती मौलाएको हो ।  समीतीले निर्माण गरेको कार्यगत  सर्तमा  संयोजकको समायावधि ६ महीना उल्लेख गरीको भएपनि संयोजक बन्ने दलहरुको होडबाझीका कारण यतिवेला शान्ती   समीती विवादमा तानिएको हो ।


विगतमा संयोजकहरुले  ६  महीना भन्दा बढी पदमा रहेर काम गरेको भएपनि पछिल्ला  संयोजकहरु  तीन महीना संयोजक बन्ने विषयमा   समीतीका पदाधिकारीहरु बिच मनमुटाम देखीएका कारण  विवाद मौलाउँदै गएको हो । पुर्व संयोजक तेजेन्द्र पौडेलले  दायीत्व पुरा गराउने भन्दा पनि  पद हत्याउने होडबाजी चलेका कारण  शान्ती समीतीमा अशान्ती छाएको बताउनु भयो । समीतीका  पदाधिकारीहरु विभिन्न दलहरुको आडमा समीती सञ्चालन गर्ने होडबाजी चलेका कारण पनि  कार्यगत शर्त भन्दा बाहीर रहन पुगेको पौडेलले जनाउनु भयो । 


वर्षिक रुपमा  ५ लाख बराबरका कार्यक्रम सहीतको  बजेट रहेको समीतीमा आँफु अनुकल गराउन  विभिन्न संगठनमा  आठमा दलहरुको हाली मुहाली  बढदा  समीती विवादित बन्दै आएको छ । समीतीको काममा  राजनीतीक गतिरोध अन्य गर्ने उल्लेख रहेको भएपनि समीतीमा दलीय स्वार्थ हाँवी बन्दा द्धन्द पिडीतहरुले  शान्ती समीतीको आभास गर्न सकीरहेका छैनन । समीतीमा बढदो  किचलो बढेका कारण लक्ष अनुरुप काम गर्न असहज हुँदै आएको वर्तमान संयोजक  सोमलाल आचर्यले बताउनु भयो ।


 कार्यविधिमा  विभिन्न संघ संगठन र मानव अधिकारका क्षेत्रमा काम गर्दैै आएका  समीतीका पदाधिकारी  आउने व्यवस्था गरीएको भएपनि  कार्यविधि भन्दा बाहीरका मानीसहरुले संयोजकको दावी  गर्दा   पछिल्लो महीनामा शान्ती समीतीमा  थप किलचो मचिएको समितिले जनाएको छ ।

 गत फाल्गुन १२ गते हुने पदाधिकारीहरुको बैठक पनि बस्न नकेको  आचर्यले बताउनु भयो  । व्याक्ति गत स्वार्थ  र दलिय दबावमा  कार्यविधि विपरीतमा मानीसहरुले संयोजकको दावी गरेका कारण पनि स्थानीय शान्ती समीती पर्वतमा  नै  दिगो शान्ती स्थापना  कायम हुन सकीरहेको छैन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!