लोकदोहोरी प्रतिष्ठान पर्वतका अध्यक्ष काँग्रेसमा प्रवेश

Posted on: 26 Feb, 2017

पर्वत । लोकदोहोरी प्रतिष्ठान जिल्ला शाखा पर्वतका अध्यक्ष दिपक गदाल नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पर्वत क्षेत्र न। १ का सांसद अर्जुन जोशीले टिका लगाएर उनलाई पार्टी प्रवेश गराएका हुन् । 


नेकपा एमालेमा आबद्ध रहेर नेपाल निर्माण सामग्री सम्बद्घ व्यावसायिक सङ्घको अध्यक्ष र मुक्ति समाज नगरी कमिटीको सचिवमा रहेका उनी एकाएक काँग्रेसमा प्रवेश गरेपछि त्यसले निकै चर्चा पाएको छ । एमाले भित्र समेत खैलाबैला मच्चिएको छ ।


अघिल्लो दिनमा टिका, फूल माला लगाएर काँग्रेस पार्टी भित्र प्रवेश गरेका उनी साँझसम्म काँग्रेस पार्टी कार्यालयमा बधाई थापिरहेका थिए । तर उनले त्यो समयले २४ घण्टा वित्न नपाउँदै सामजिक संजालमार्फत आफू काँग्रेसमा प्रवेश नगरेको उनले दाबी गरेका छन् । एकाएक उनले काँग्रेस पार्टीमा प्रवेश गरी फेरी प्रवेश नभएको भन्ने दोबासे उनको व्यवहारले उनको नियत माथिनै प्रश्न चिन्ह उठाएको छ । 

http://suchanakendra.com/wp-content/uploads/2017/02/



यस बिषयमा तपाइको प्रतिक्रिया...!