वन जोगाउँदै भडखोरे सामुदायीक वनका उपभोक्ता अग्नि रेखाले वनको सम्भावीत आगलागि न्युनीकरण गर्ने भनाई

Posted on: 26 Feb, 2017

 

 लामो खडेरी र  विगतका वर्षमा हिउँद लागे देखी  सामुदायीक वनहरुमा आगलागिका घटना सार्वजनीक हुने गरेको पर्वतमा  गत वर्ष दखी भने अग्नि रेखा काटेर वन जोगाउन उपभोक्ता समीतीहरु जुटेका छन ।  वन काटनी छाँटनी  गरीसकेपनि  पात पतिङगर सोहोरेर वनको मध्य भागमा अग्नि रेखाको काटन स्थानीय जुटेका हुन । भडखोरे सामुदायीक वनका पदाधिकारीहरु  वन व्यवस्थापन गर्न यतिवेला अग्निरेखा काटन जुटेका हुन । राजमार्गसँग जोडीएर रहको वन जुन सुकै वेला आगलागिको जोखीममा रहेको भन्दै स्थानीयहरुले कुश्मा पोखरा राजमार्गको माथिल्लो भागमा अग्नि रेखा काटेका हुन । वनको मध्य भागमा पर्नेगरी  ८ मिटर चौडाको अग्नी रेखा कोर्न थालिएको भडखोरे सामुदायीक वन उपभोक्ता समीतीका अध्यक्ष खेम नाथ शर्माले जानकारी दिनुभयो । शर्माले २०३५ साल देखी संरक्षण रहँदै आएको वन जोगाउन  अग्नि रेखा काटन थालेको बताउनु भयो ।


एक सय  ६३ उपभोक्ता रहेको  सदरमुकामको वनमा उपभोक्ता थपिने क्रम बढेका कारण समस्या भएको समीतीले जनाउको हो ।  ७ समुहमा विभाजन गरेर वल्क निर्धारण गरेपछि अग्नि रेखा काटीने गरेको  समीतीले जनाएको छ । टोलि नेता चुनेर  वल्क अनुसार को जिम्मा टोलि नेताले लिने गरी अग्नी रेखा काटन थालिएको उपभोक्ता धुर्व शर्माले बताउनु भयो । हरेक वर्ष वन काटनी छाटनी गरेपछि अग्नि रेखा कोरेर वनको सरसफफाई गरीने गरेपछि वन राम्रो र हरावरा हुँदै आएको समीतीले बताएको छ । सबै उपभोक्ताहरुले जिम्मेवारी पुर्वम काम गर्ने हुनाले वन व्यवस्थापनमा सहज हुँदै आएको अध्यक्ष शर्माले जनाउनु भयो ।  वर्ष दुई पटक सम्म वनको अग्नि रेखा काट्दै आएको समीतीले जनाएको छ । लामो खडेरीलाई मध्यनगर गर्दै वन सुरक्षीत राख्न स्थानीयहरु  लागि परेका हुन ।

https://scontent.fdoh3-1.fna.fbcdn.net/v/t34.0-12/


https://scontent.fdoh3-1.fna.fbcdn.net/v/t34.0-12/

यस बिषयमा तपाइको प्रतिक्रिया...!