जिल्ला ट्राफिक कार्यलयलाई फिल्टर सहयोग

Posted on: 26 Feb, 2017

उमाजन्त टेड्र्स पर्बतले जिल्ला ट्राफिक प्रहरी कार्यलय पर्बतलाई एक फिल्टर सहयोग गरेको छ । आईतबार जिल्ला ट्राफिक प्रहरी कार्यलय पर्बतका टफिक प्रमुख महेन्द्र रानाभाटलाई उमाजन्त टेड्र्सका सञ्चालक शालिकराम शर्मा पौडेलले सो फिल्टर सहयोग गर्नूभएको हो ।

कार्यलयमा कार्यरत कर्मचारीलाई प्रशोधित शुद्ध पानी पिउनको लागि कार्यलयलाई उक्त फिल्टर प्रदान गरिएको शर्माले बताउनुभयो ।

आफूले संस्थागत रुपमा सामाजिक उत्तरदायित्व अन्तर्गत ट्राफिक प्रहरी लाई सहयोग गर्न पाएकोमा खुसी व्यक्त गर्दै यसको व्यवस्थापनमा गरेर शुद्ध पानि पिउन आग्रह गर्नूभयो ।

Displaying aaaaaaaaaaapic.JPG

यस बिषयमा तपाइको प्रतिक्रिया...!