देउपुर नमूना माविको आठौ वार्षिकोत्सव सम्पन्न

Posted on: 27 Feb, 2017

पर्वत । पर्वतको पातीचौर बजारमा अवस्थित संस्थागत विद्यालय देउपुर नमूना माविको आठौ वार्षिकोत्सव आईतवार सम्पन्न भएको छ । विद्यालयले आफ्नै हाताभित्र सम्पन्न वार्षिकोत्सवलाई सांस्कृतिक कार्यक्रमसहित भव्य रुपमा सम्पन्न गरेको छ । 

कार्यक्रममा प्रमुख अतिथि जिल्ला शिक्षा अधिकारी रमेशराज पौडेल थिए । जिशिअ पौडेलले नीजि विद्यालयले शिक्षा क्षेत्रका पुराएको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्दै नीजि र सामुदायिक विद्यालयले एकआपसमा राम्रा पक्षलाई सिको      गरी अगाडि बढ्नुपर्ने बताए ।

नीजि क्षेत्रले जस्तै गरी जिल्लामा सामुदायिक विद्यालयहरुमा पनि अभिभावकको चाहना बमोजिम अंग्रेजी विषयमा पठनपाठन गर्ने अभ्यास गरिन थालेको जिशिअ पौडेलले बताए । 

पत्रकार महासंघ पर्वतका उपाध्यक्ष प्रनिश गिरीले कार्यक्रममा बोल्दै सामुदायिक विद्यालयमा पढाउन छाडेर अभिभावकहरुले नीजि प्रति महत्व दिनुको खास कारण नीजि विद्यालयका संचालकहरुले बढी मिहिनेत गर्नु हो ।

नीजि विद्यालयमा पढ्ने बालबालिकाका अभिभावक धेरै जसो खाडी मुलुक गएका छन् । ती अभिभावकको वास्तविक मर्मलाई नीजि विद्यालयले बुझ्दै शुल्क कम गर्ने र पठनपाठन प्रति अझ बढी इमान्दारितापूर्वक लाग्नुपर्नेमा उपाध्यक्ष गिरीको तर्क थियो ।

कार्यक्रममा विद्यालयका पूर्व प्रिन्सिपल तथा धौलागिरि क्याम्पस बाग्लुङका उपप्राध्यापक    बलराम पौडेलले अभिभावकको भावनाप्रति कहिल्यै खेलवाड नगर्ने र नाफा मात्र नखोजेर विद्यार्थीको शिक्षामै बढी जोड दिनेतर्फ व्यवस्थापन समिति र शिक्षक लागिरहने विश्वास दिलाए । सो कार्यक्रममा प्याव्सन पर्वतका अध्यक्ष बसन्तकुमार कर्माचार्य, बालशिक्षा सदन विद्यालयका प्रिन्सिपल रामकृष्ण रेग्मी लगायतले शुभकामना मन्तव्य राखेका थिए । कक्षामा उत्कृष्ठ अंक ल्याई पास हुने विद्यार्थी र अतिरिक्त क्रियालापहरुमा सहभागी भई प्रथम, द्धितिय र तृतीय हुन सफल विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो । उक्त कार्यक्रममा सहारान्यूज दैनिकका अतिथि सम्पादक भूमिराज शर्मा, छिमेकी विद्यालयका प्रअ तथा प्रतिनिधि, समाजसेवी, अभिभावहरुको उल्लेख्य सहभागीता थियो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!