कालिका मा.वि.धन धान्याञ्चल कोष परिचालन समितिको साधारण सभा सम्पन्न

Posted on: 28 Feb, 2017

संजय रेग्मी

फागुन १७, पर्वतको कुश्मा नगरपालिका ५ खुरकोटमा रहेको कालिका माध्यमिक विद्यालयमा रहेको धा धान्याञ्चल कोष परिचालन समितिको १३ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।

सधारण सभामा समितिका कोषाध्यक्ष गुप्तनिधि शर्माले एक बर्ष भरीको आय ब्यय तथा कोष परिचालन सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै कोषमा कुल रकम ९३ लाख, ७९ हजार, ६ सय ४६ रुपैयाँ रहेको जानकारी दिनुभयो । जस अन्तर्गत गाउँमा लगानी गरिएको मध्ये ५ लाख ९० हजार रुपैयाँ असुल हुन बाँकी रहेको छ ।

२०६१ सालमा विद्यालयमा लगाईएको महायज्ञमा खर्च कटाएर २४ लाख रुपैयाँ बचत रहेको थियो । समितिलाई आप्mनै बिधान निर्माण गरी गाउँमा गरेको लगानीबाट १२ बर्षको अबधिमा उक्त रकम ९३ लाख पुगेको हो । समिति मार्पmत नै पैसा उपलब्ध भएर विद्यालयमा बिभिन्न शैक्षिक तथा भौतिक निर्माणका कार्यहरु हुँदै आएका छन । 

Displaying Khurkot.jpg

यस बिषयमा तपाइको प्रतिक्रिया...!