दलित संघको अध्यक्षमा शिव परियार निर्विरोध

Posted on: 01 Mar, 2017

No automatic alt text available.नेपाल दलित संघ पर्वतको अध्यक्षमा शिव परियार चयन भएका छन् । सर्वसहमतीको आधारमा चयन भएको कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा टेकवहादुर नेपाली, उपाध्यक्षमा धनीलाल विक, र महिला उपाध्यक्षमा भागीरथ नेपाली चयन भएका छन् । 

सचिवमा आनन्द विक, सहसचिवमा साजन परियार र सुजन वराईली, कोषाध्यक्षमा ठाकुर रसाईली, सहकोषाध्यक्षमा सन्तोष चयन भएका छन् । सदस्यहरुमा भने पूर्णे दर्जी, राजेन्द्र नेपाली, गोपालराज नेपाली, रामवहादुर नेपाली, डम्वर विक, हिरावहादुर विक, रामवहादुर विक, वृजवहादुर विक, वलवहादुर नेपाली, भीमवहादुर नेपाली, र दिलवहादुर सिर्के चयन भएका हुन् । मनोनित सदस्यमा सन्ते कामी, चुडावहादुर विक, धनवहादुर नेपाली, राजवहादुर विक, विन्दु नेपाली, तुलाराम विक, डिलमाया विक, तारा नेपाली र आमन्त्रित सदस्यमा वोलवहादुर विक रहेको छन् । कोन्द्रिय महाधिबेशन प्रतिनिधिमा जितवहादुर नेपाली, प्रेम विक, विन्दु सुनार र मनमाया नेपाली छनोट भएका छन्  । 

जिल्ला कार्यसमितिको वरिष्ठ सल्लाहकारमा निर्मल विश्वकर्मा तथा सल्लाहकारहरुमा मनवहादुर नेपाली, सर्वे नेपाली र सीता नेपाली चयन भएका छन् । नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं व्यवस्थापिका संसद सदस्य अर्जुनप्रसाद जोशीले नवनिर्वाचित समितिलाई वधाई ज्ञापन गर्दै काँग्रेसको मुल्य मान्यता, विधि विधान तथा प्रजातन्त्र र समाजवादको नारा गाउँ गाउँमा घन्काउन आग्रह गरे । उनले नयाँ कार्यसमिति माथि काँग्रसलाई वहुमतका साथ विजयी गराउने जिम्मेवारी रहेको उल्लेख गर्दै यो जिम्मेवारीलाई इमान्दारीताको साथ अगाँल्न आग्रह गरे ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!