अख्तियारको अन्तरक्रिया

Posted on: 02 Mar, 2017

पर्वत । अख्तियार अनुसन्धान आयोग पोखराले पर्वतमा एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरी अख्तियार सम्बन्धी जानकारी दिएको छ ।

अख्तियार अनुसन्धान आयोगले अख्तियारका क्षेत्र, अधिकार र अख्तियारका कार्य सम्पादनका बारेमा जिल्लामा सरेका सरोकारवाला निकायहरुसँग अन्तरक्रिया कार्यक्रमको आयोजना गरी जानकारी दिएको हो । 

कार्यक्रममा सहभागी अधिकांश  सहभागीहरुले पर्वत भ्रष्टाचार हुने जिल्ला मध्ये कम भ्रष्टाचार हुने क्षेत्रमा पर्नु खुसिको कुरा भएता पनि  त्यसमा भने पूर्ण सत्यता लिन नसकिने बताए ।

अख्तियारी गर्नको लागि आवश्यक प्रक्रिया पुरा हुन नसक्नु वा सो सम्बन्धी अझै पनि जानकार नहुनु वा शुसानका हिसाबले जिल्ला अगाडि भएकै कारण पनि भ्रष्टाचार कम हुने जिल्लामा परेको हुन सक्ने दुइ खाले मत राखे ।

कार्यक्रममा सहभागीहरुले जिल्लामा भष्टाचारको अबस्था ज्यादै डरलाग्दो रुपमा रहेको औलाएका थिए । 

नेपाल पत्रकार महासंघ जिल्ला शाखा पर्वतका उपाध्यक्ष प्रनिश गिरीले पर्वतमा भ्रष्टाचार मौलाएता पनि नियगमन निकाय चुस्त नहुदाँ उम्केको बताए । उनले जिल्ला अस्पतालमा भ्रष्टाचारको काण्ड हुदाँ समेत त्यसको के कति कारवाही भयो भन्ने विषय अझै बाहिर नआएकोले अख्तिायर पनि भ्रष्टाचारीलाई कारवाही गर्न  नसक्ने हो कि भन्ने आशंका लागेको बताए । 

उनले जिल्लामा एनजिओ, निजी क्लिनिक लगायतका क्षेत्रमा समेत व्यापक अनियमितता भएता पनि सोको रोकथामको लागि सरोकारवाला निकाय मौन रहेको बताए । 

पर्वत बार इकालका अध्यक्ष विश्वराज पाण्डेले नेपालको संविधानमा अख्तियारको दायरालाई अंकुश लगाउने काम भएकोले ठूला माछा अझै समात्न नसकेको बताए । उनले अख्तियारलाई राजनीतिक दल र नेताहरुसम्म पुग्नबाट रोकिएका कारण पनि साना भ्रष्टाचारी मात्रै नियन्त्रणमा आउने गरेको र ठूलो फुत्कने गरेको बताए ।

कार्यक्रममा सहभागीले जिल्लामा सरकारी कार्यालयले गर्ने काम कारवाहीमा समेत डुब्लीकेशन हुने गरेको आरोप लगाए । एकै काममा हरेक बर्ष काम गर्ने तर त्यसले दिगो नतिजा दिन नसक्ने भएका कारण एकै कामको लागि लाखौको रकम विनियोजन गरेर आर्थिक अनियमितता हुने गरेको बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!