९ लाख ८० हजारको सार्वजानिक शौचालयमा पानीको अभाव

Posted on: 02 Mar, 2017

अमृत बास्तोला | फागुन १९, तेह्रथुम । तेह्रथुमको संक्रान्तिबजारमा नव निर्मित सार्वजानिक शौचालयमा सरसफाईको लागि आवश्यक पानीको अभाव भएको छ । 

हङकङ तेह्रथुम मञ्चको ९ लाख ८० हजार आर्थिक सहयोगमा फाल्गुनन्द चौकमा निर्मित शौचालयको पूर्ण व्यावस्थापन भने अझै भएको छैन । 

शौचालयमा  सरसफाइको लागि प्रयोग हुने पानीको अभाव रहेकाले शौचालयको प्रयोग भने तत्कालै सार्वजानी करुपमा नहुने निर्माण समितिले जनाएको छ । 

शौचालयमा केही दिनै आवश्यक पानी लाइनको विस्तार गरे पछि मात्र शौचालयको पुर्ण प्रयोग गर्न सकिने निर्माण समितिका अध्यक्ष राम ईङनामले जानकारी दिनु भयो । 

मञ्चको पूर्ण आर्थिक सहयोगमा निर्मित शौचालयको व्यावस्थापन गर्न अझै आर्थिक समस्या रहेको अध्यक्ष ईङनामको भनाइ रहेको छ ।

संक्रान्तिबजारमा १ वर्षको अवधिमा २ ओटा सार्वजानिक शौचालय निर्माण भएका छन् । केही महिना अघि मात्र संक्रान्तिबजार गाविसको सहयोगमा निर्माण भएको अर्को शौचालय पानी तथा उचित व्यावस्थापनका अभावले शैचालय भने प्रयोग विहीन हुने अवस्थामा रहेको छ ।

हङकङ तेह्रथुम मञ्चको अर्थिक सहयोगमा निर्मित शौचालयको मञ्चका सदस्य शान्तसागर फोम्बु र इलाका प्रशासन कार्यालय संक्रान्तिबजारका प्रमुख सफल र्पोतेलले बुधबार संयुक्तरुपमा उद्घाटन गर्नु भएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!