अग्निपिडितलाई तेह्रथुम हङकङ मञ्चको सहयोग

Posted on: 02 Mar, 2017

अमृत बास्तोला | फागुन १९, तेह्रथुम । तेह्रथुमको आठराई संक्रान्तिबजारमा गत पुस १ गते भएको भिषण आग्लागीका अग्निपिडित परिवारलाई तेह्रथुम हङकङ मञ्चले बुधबार सहयोग रकम उपलब्ध गराएको छ । 

संक्रान्तिबजार आइपुगेका मञ्चका सदस्य समाजसेवी शान्तसागर फोम्बुले आगलागी क्षेत्रको अवलोकन पश्चात औपचारीक कार्यक्रमहरुको आयोजना गरी ४ लाख रुपौया सहयोग उपलब्ध गराउनु भएको छ । 

सहयोग रकम संक्रान्तिबजार अग्निपिडित राहत वितरण समितिका अध्यक्ष तथा इलाका प्रशासन कार्यालय संक्रान्तिबजारका प्रमुख सफल र्पोतेल र तेह्रथुम उद्योग वाणिज्य संघ उपशाखा संक्रान्तिबजारका अध्यक्ष प्रेम पौडेललाई का मञ्चका सदस्य फोम्बुले संयुक्त रुपामा हस्तान्तरण गर्नु भएको हो । 

सहयोग रकम मञ्चको अभियानमा तेह्रथुममा घर हाल हङकङ निवासी प्रवासी नेपालीहरुबाट संकलन गरिएको बताइएको छ । 

यसै विच खाम्लालुङ गाविस निवासी ९ अगालगि पिडित परिवारलाई सहयोग रकम उपलब्ध भएको छ । खाम्लालुङ सेवा समिति हङकङले पिडित परिवारलाई २ लाख १७ हजार रुपौया सहयोग गरेको छ । उत्त रकम पिडित परिवारलाई क्षतिको आधारमा वितरण गरिएको छ । 

कार्यक्रमलाई सम्बोधन गर्दै समाजसेवि फोम्बोले अग्निपिडित परिवारको यो दुःखद घडिमा सबैले सहयोग गरी पिडितहरुलाई पुर्नःस्थापना गर्नु पर्नेमा जोड दिनु भएको छ । 

गत पुस १ गते भएको भिषण आग्लागिबाट संक्रान्तिबजारका ३२ घर सहित ७३ परिवार विस्थापित भएका थिए । आगलागीबाट १४ करोड ८ लाख रुपैया बराबरको क्षति भएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!