मोरङमा रक्सी नकिनिदिएको निहुमा कुटिएका एक युवाको बोली गुम्यो

Posted on: 02 Mar, 2017

फागुन १९, विराटनगर | मोरङमा रक्सी नकिनिदिएको निहुमा कुटिएका एक युवाको बोली बन्द भएको छ । बुधबार राति मादक पदार्थ सेवन गरेका युवाहरुको कुटपिटबाट मोरङ टंकीसिनवारी–८ का ३५ वर्षीय मोहम्मद फिरोजको आवाज गुमेको हो ।

तीन\चार जनाको समूहमा रहेका युवाहरुले उनलाई बुधबार राति ११ बजेतिर आक्रमण गरेका थिए । रक्सी नकिनिदिएको भन्दै फिरोजमाथि कुटपिट भएको जानकारी आफन्तले प्रहरीलाई गराएका छन् ।

फिरोजलाई उपचारकालागि नोबेल मेडिकल कलेजमा भर्ना गरिएको छ । घटनाका बारेमा उनले कागजमा लेखेर प्रहरीलाई जानकारी दिएका थिए । उपचारमा संलग्न चिकित्सकले उपचारपछि बोली खुल्ने जानकारी प्रहरीलाई दिएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!